राष्ट्रपति ट्रम्पले रूस-युक्रेन सम्झौतामा आशा देखाउँदै अमेरिका–केन्द्रित भविष्य देखाए

इनेप्लिज २०८२ वैशाख ८ गते १:१५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ता रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने शान्ति सम्झौता हुनसक्ने आशा व्यक्त गरेका छन्।

ट्रम्पले आज आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखे:“आशा छ, रूस र युक्रेनले यो हप्ता सम्झौता गर्नेछन्। त्यसपछि दुबैले समृद्ध अमेरिकासंग ठूला व्यापारहरू सुरु गर्नेछन् र अपार धन कमाउनेछन्!”

यो सन्देश उनले वाशिंगटन बाहिर रहेको आफ्नो गल्फ खेल मैदानबाट फर्किएपछि सामाजिक संजालमा लेखेका हुन्।

हालसम्म ट्रम्प प्रशासनको शान्ति वार्तामा औपचारिक भूमिका स्पष्ट छैन। तर ट्रम्पको यो अभिव्यक्तिले रूस–युक्रेन द्वन्द्वमा अमेरिका फेरि निर्णायक कूटनीतिक मोडमा फर्किने सम्भावनाको संकेत दिन सक्छ।

राष्ट्रपति ट्रम्पको यो सन्देशले विश्व समुदायलाई चासो जगाएको छ । के अमेरिकी नेतृत्वमा नयाँ शान्ति पहल सुरू हुने हो ? यसले धेरै प्रश्न उब्जाएको छ ।

प्रतिक्रिया