विश्वभरका करोडौंका प्रिय धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको वभेटिकनले पुष्टि गरेको छ। मुख्य केभिन फैरेलका अनुसार, “आज बिहान ७:३५ बजे रोमका बिशप फ्रान्सिस प्रभुको घर फर्किए। उहाँको सम्पूर्ण जीवन प्रभु र चर्चको सेवामा समर्पित रह्यो।”
पोप फ्रान्सिस सन् २०२५ को फेब्रुअरीदेखि अस्पतालमा भर्ना भएका थिए। प्रारम्भमा सासप्रश्वास संक्रमणको उपचार भइरहेको भनिए पनि पछि द्वैध निमोनिया र दीर्घकालीन अस्थमाको सङ्कट देखियो। उनलाई अक्सिजन, रक्तसञ्चार र रातिको समयमा सास फेर्न यान्त्रिक वायु प्रवाहक (मेकानिकल भेण्टिलेसन)को सहारा दिनु परेको थियो।
मार्च २३ मा अस्पतालबाट फर्किएपछि उनले केही सार्वजनिक उपस्थिति दिएका थिए । पाङ्ग्रेकुर्सी (ह्वीलचेयर)मा बसेर ससेन्ट पिटर स्क्वायरमा जनतालाई अभिवादन गरे। गत आइतबारका दिन इस्टर आइतबार गिर्जाघरको बालकनीबाट शुभकामना दिए। अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको भेटपछिको त्यो दृश्य विशेष बन्यो ।
सक्रिय स्वास्थ्य समस्याका बाबजुद, उनी सधैं आशावादी र सम्पर्कमै रहे। गत मार्च २ मा उनले ‘एक्स’ मा लेखेका थिए,“प्रभुले तपाईहरुलाई आशिष दिऊन् र तपाईहरुको रक्षा गरून्।”
फ्रान्सिस सन् २०१३ मा निर्वाचित भएपछि गिर्जाघरलाई परिवर्तन र न्यायको दिशातर्फ अग्रसर गराएका नेता थिए। सादा जीवनशैली, सच्चा सेवाभाव र भव्यता त्याग गरेर उनले चर्च/(गिर्जाघर)लाई जनतामैत्री बनाएका थिए। इसाई धर्मगुरु (पोप )बन्नुअघि उनी अर्जेन्टिनाका बिशप ( ठूला पादरी)थिए ।
उनले चर्चलाई सामाजिक न्याय, गरिबी उन्मूलन, धार्मिक सहिष्णुता, र पर्यावरणप्रतिको दायित्वतर्फ उन्मुख गराए। पोप बेनेडिक्टको विलासी परम्परालाई तोड्दै, उनी स्वयंले भोजनालय तथा अतिथिगृहको बिजक (होटलको बिल तिर्ने), सार्वजनिक यातायात प्रयोग गर्ने र आम नागरिकसँग सिधा संवाद गर्ने व्यक्तित्व बने।
प्रतिक्रिया