वासिङ्टन डीसी — राष्ट्रपति डोनाल्ड ट्रम्पले पोप फ्रान्सिसको स्मृतिमा अमेरिकी झण्डा आधा झुकाउने आदेश दिएका छन्।
सोमबार दिवंगत भएका पोप फ्रान्सिसको सम्मानमा यो कदम चालिएको हो।
ट्रम्पले जारी गरेको घोषणापत्रमा भनिएको छ, “पोप फ्रान्सिसको सम्झनामा सम्मान स्वरूप” अमेरिकाभरका सबै सार्वजनिक भवनहरू, सैनिक चौकीहरु, नौसैनिक अड्डाहरू, र नौसैनिक जहाजहरूमा झण्डा सूर्यास्तसम्म आधा झुकाइनेछ। यो आदेश वाशिङ्टन डीसीदेखि लिएर सम्पूर्ण अमेरिका यसको क्षेत्राधिकार र स्वामित्वमा पर्ने सम्पूर्ण भूभागमा लागू हुनेछ।
यससँगै उनले विश्वभर रहेका अमेरिकी दूतावासहरू, वाणिज्यदूत कार्यालयहरू, र सैन्य सुविधा सहितका सबै सरकारी निकायहरूमा समेत झण्डा आधा झुकाउने निर्देशन दिएका छन्।
सोमबार बिहान, ह्वाइट हाउसको दक्षिण तर्फ इस्टर कार्यक्रम चलिरहेको बेला पनि ह्वाइट हाउसको छतमा अमेरिकी झण्डा आधा झुकाइएको छ ।
ट्रम्पको यो आदेशले पोप फ्रान्सिसप्रति अमेरिकाको गहिरो सम्मान र सहानुभूति दर्शाउँछ।
प्रतिक्रिया