वासिङ्टन डी.सी.को एक चमेनागृह( रेस्टुरेन्ट)मा आइतबार राति डिनरका लागि पुगेकी होमल्यान्ड सेक्युरिटी सचिव ( गृह मन्त्री )क्रिस्टी नोएमको झोला चोरी भएको पुष्टि फक्स न्यूजलाई विभागीय स्रोतहरूले गरेका छन्।
निकायका प्रवक्ताका अनुसार, एक स्वेत व्यक्तिले मुखावरण(मास्क )लगाएर झोला चोरेका थिए।
उक्त झोलामा ३,००० अमेरिकी डलर नगद, नोएमको राहदानी, चालक अनुमतिपपत्र(ड्राइभिङ लाइसेन्स)घरका चाबी र गृह बिभागको आधिकारिक विल्ला( व्याज)) पनि रहेको थियो।
प्रवक्ताले थपे, “उहाँको पूरै परिवार – छोराछोरी र नातिनातिनासहित – सहरमा थिए। उहाँले उक्त नगद रकम पारिवारिक रात्रीभोजन ,गतिविधि, र इस्टरको उपहारका लागि झिक्नुभएको थियो।”
अमेरिकाको राजधानीमा डिसीमा चोरीजस्ता आपराधिक गतिविधि बढ्दो देखिन्छ। यद्यपि, अमेरिकी सरकारी वकिलको कार्यलयका अनुसार हिंसात्मक अपराध अघिल्लो वर्ष ३० वर्षको सबैभन्दा न्यून स्तरमा पुगेको थियो।
प्रतिक्रिया