विश्वकै ठूलो धार्मिक नेतामध्ये एक पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएपछि विश्वभर शोकको लहर फैलिएको छ।
भेटिकनका अनुसार उनको निधन हृदयघातका कारण भएको पुष्टी भएको विभिन्न पत्रपत्रिकाहरुले जनाएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सॅजालमा लेख्दै भने, “हामी उहाँको सम्मानमा त्यहाँ पुग्न आतुर छौं!”
राष्ट्रपति ट्रम्पले पोप फ्रान्सिसलाई “एक असल व्यक्ति जसले सधैं दुःखीहरूलाई माया गरे” भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले पोपको मृत्युमा अमेरिकाभर आधा झण्डा झुकाउने आदेश समेत दिएका छन्।
पोप फ्रान्सिसको निधनसँगै क्याथोलिक चर्च( गिर्जाघर)मा नयाँ अध्याय सुरु हुने छ।
प्रतिक्रिया