अप्रिल २० आइतबारका दिन बाल्टीमोर स्थित बटर चिकेन नामक नेपाली चमेना गृहका संचालक सुवास र नविनाले मेरिल्याण्डका नेपाली बिधार्थीहरुलाई निःशुल्क खाना बितरण गरे ।
मध्याह्न १२ बजे देखी २ः३० बजे सम्म १२० भन्दा बढी नेपाली बिधार्थीहरुले स्वादिष्ट खाना र पेय पदार्थ प्राप्त गरेका थिए।
निःस्वार्थ सेवा भावले यस्तो पुन्य काम गर्न पाउदा आफु निकै हर्षित भएको र भावी दिनमा पनि यस्ता खालका कार्यहरु गर्दै जाने संचालक सुवासले इनेपलिजलाई बताएका छन।
खाना बितरणमा सहजीकरण गर्न समाजसेवी योगेन्द्र छन्त्याल र प्रवीणले सहयोग गरेका थिए।
प्रतिक्रिया