मिस एण्ड मिसेस नेपाल क्यानडा २०२५ को उपाधी अनु सुवेदी र मेघना गजमेरलाई !

मदन बस्नेत, टोरोन्टो २०८२ वैशाख ९ गते ०:५१ मा प्रकाशित

मिस एण्ड मिसेस नेपाल क्यानडा २०२५ – नेपाली क्यानेडियन पेजेन्ट इंक र वेस्डो (दिगो विकास संगठनका लागि महिला सशक्तिकरण) द्वारा आयोजित मिस एण्ड मिसेस नेपाल क्यानडा २०२५ को ग्रान्ड फिनाले अप्रिल १९, २०२५ शनिवारका दिन स्प्रान्जा बैंक्वेट हलमा भब्यताकासाथ सम्पन्न भएको छ।

प्रतियोगितामा मिस नेपाल क्यानाडा तर्फ ५ र मिसेज नेपाल क्यानाडा तर्फ ५ गरि कूल १० फाईनलिस्ट मध्ये मिस नेपाल क्यानडा २०२५ को ताज अनु सुबेदीले पहिरिन सफल भईन् भने मिसेस नेपाल क्यानडा २०२५ को उपाधी मेघना गजमेरले जितेकी छिन्।

उपाधी बिजेता दुवैलाई मिसेस नेपाल क्यानडा २०२४ कि बिजेता सृस्‍टि श्रेष्ठले ताज लगाइदिएकी थिईन्। साथै, मिस नेपाल क्यानडा २०२५ मा फस्ट रनर-अप प्रशंसा भट्टले र मिसेस नेपाल क्यानडामा फस्ट रनर-अपको उपाधी मञ्जु बस्नेतले जित्न सफल भएका छ्न्।

त्यसैगरी मिस नेपाल क्यानडा २०२५ मा सेकेन्ड रनर-अपको उपाधि स्वर्णपारी श्रेष्ठले र मिसेस नेपाल क्यानडा २०२५ को सेकेन्ड रनर-अपको उपाधि प्रतिक्षा कुँवरले हात पारेका छ्न्।

प्रतियोगिता तर्फका अन्य विभिन्न बिधाहरुमा क्याटवक तर्फको अवार्ड – अनु सुबेदी, फोटोजेनिक अवार्ड – प्रतिक्षा कुवंर, विज्डम अवार्ड – सरिता पन्त, पिपुल्स च्वाईस अवार्ड – पुष्पान्जली आचार्य, एलोक्वेन्ट अवार्ड – मन्जु बस्नेत, कन्फिडेन्स अवार्ड – स्वर्णपरी श्रेष्ठ , वेष्ट ड्रेस अवार्ड- प्रसंशा भट्ट, काइन्डनेस अवार्ड – मेग्ना गजमेर, सोसियल इम्प्याक्ट अवार्ड – अनु सुबेदी, कन्जिनियालिटी अवार्ड – सुदिक्षा शर्मा, एलिगेन्स अवार्ड – पुष्पा लाछिमस्यु र इन्स्पिरेशन अवार्ड – पुष्पाञ्जली आचार्यले अवार्ड प्राप्त गरेका थिए।

क्यानाडाको वन्टारियो प्रान्त सहित अन्य विभिन्न प्रान्तबाट पनि प्रतियोगिले सहभागीता जनाएका थिए। प्रतियोगितामा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतीनिधी, ब्याबसायीहरु, सामाजिक अगुवाहरुका साथसाथै साउथ एसियन क्यनेडिएन फेसन एन्ड इन्टरटेनमेन्ट फिल्डका प्रतिनिधीहरुको पनि उपस्थिती थियो ।

आयोजक संस्था नेपलिज क्यानेडियन पाजेन्ट इन्कका डाईरेक्टर चन्दा श्रेष्ठले नेपाल भन्दा टाढाको भूमिमा बसोबास गर्ने नेपाली महिलाहरुमाआत्मविश्वासको अभिवृद्धि गर्ने र उनीहरुमा नेतृत्व बिकासकोक्षमता जगाउनुका साथसाथै प्रवासी नेपाली महिलाहरुको शसक्तीकरणमा सहजीकरण गर्ने उदेश्य राखेर यस्तो खालको प्रतियोगिता गरिएको बताउनु भएको छ।

मिसेज नेपाल क्यानाडा २०२५ को ताज पहिरिएपछि मिसेस मेघना गजमेरले सबै प्रती आभार व्यक्त गर्दै आफ्नो बिजयलाई बिदेशी भूमिमा नेपाली महिलाहरूको प्रतिनिधित्वको रुपमा व्याख्या गर्दै यसबाट आफुले गर्व महसुस गरेको बताएकी छिन् भने मिस नेपाल क्यानडा २०२५ टाईटल बिजेता अनु सुवेदीले मिस नेपाल क्यानाडा २०२५ को उपाधी जित्नु केवल ताज पाउनु मात्र होइन, यो नेपाली समुदायलाई अघि बढाउने र अन्य महिलाहरूलाई प्रेरणा दिने जिम्मेवारी पनि भएको रुपमा व्याख्या गरेकी छिन्।

मदन बस्नेत, टोरोन्टो।

प्रतिक्रिया