प्रत्येक बच्चालाई उनीहरूको प्रकृतिले दिएको प्रतिभा प्रयोग गरेर सफल बनाउन सहयोग गर्नु हरेक आमाबाबु, शिक्षक र नीति निर्माताहरूको जिम्मेवारी हो । सो गर्नको बच्चाको व्यक्तित्व बुझ्नु निकै जरुरी छ किनभने यसले उनीहरूलाई सही तरिकाले मार्गदर्शन गर्न सघाउँछ। Conscientiousness (कर्तव्यनिष्ठता) र openness (जिज्ञासुपन) जस्ता गुणहरूमा बिशेष ध्यान दिँदा बच्चाहरूलाई जीवनका चुनौतीहरू सामना गर्न र आफ्नो पूर्ण क्षमता हासिल गर्न खास गरेर अहिलेको समाजमा तयार गर्न सकिन्छ भन्ने कुरा बिज्ञानले पनि प्रमाणित गर्दै छ । यी गुणहरूले उनीहरूको उज्ज्वल भविष्यको आधार बनाउन सहयोग गर्न सक्छ।
पाँच ठूला व्यक्तित्व गुणहरू
मनोविज्ञान र सामाजिक विज्ञानमा Big Five personality traits — openness (जिज्ञासुपन), conscientiousness (कर्तव्यनिष्ठता), extraversion (बहिर्मुखता), agreeableness (सहमतता), र neuroticism (भावनात्मक अस्थिरता) — को धेरै अध्ययन हुन्छ। यो अवधारणा मनोवैज्ञानिक लुइस गोल्डबर्गले १९७० र १९८० को दशकमा विकास गरेका थिए। पछि पॉल कोस्टा र रोबर्ट म्याक्रेले १९९२ मा आफ्नो अनुसन्धानमार्फत यो ढाँचालाई परिष्कृत र लोकप्रिय बनाए। उनीहरूले बनाएको NEO-PI (Neuroticism-Extraversion-Openness Personality Inventory) ले यी गुणहरूलाई वैज्ञानिक रूपमा मापन गर्ने आधार दियो। यी गुणहरूले मानिसहरू कसरी सोच्छन्, व्यवहार गर्छन् र अरूसँग जोडिन्छन् भन्ने कुरा बुझाउँछन्, चाहे तिनीहरू जुनसुकै ठाउँका हुन्। काममा राम्रो प्रदर्शन गर्नेदेखि व्यक्तिगत विकाससम्म, यी गुणहरूले हामीलाई प्रेरित गर्छन्। यीमध्ये conscientiousness र openness आजको समाजमा विशेष रूपमा महत्त्वपूर्ण छन्। येस्को मतलब यो होइन कि अन्य गुणहरू कम महत्त्वपूर्ण छन्। फरक पेशा र परिस्थितिमा फरक गुणहरू उपयोगी हुन सक्छन्। यहाँ हामीले conscientiousness र openness लाई सामान्य जीवन र औसत परिस्थितिको लागि जोड दिएका हौं।
किन कर्तव्यनिष्ठता र जिज्ञासुपन महत्त्वपूर्ण?
यी दुई गुणहरू एकअर्कासँग मिलेर काम गर्छन्, जस्तै मेहनत र नयाँ विचारहरूको जोडी। Conscientiousness ले हामीलाई काम समयमा पूरा गर्ने, विश्वास कमाउने जस्ता कुरामा सहयोग गर्छ भने openness ले नयाँ प्रविधि वा विश्वव्यापी समस्याहरू जस्ता परिवर्तनहरूलाई स्वीकार गर्न र सिक्न सघाउँछ। Extraversion, जुन सामाजिक ऊर्जासँग जोडिन्छ, वा agreeableness, जुन टिमवर्कमा बलियो हुन्छ, भन्दा यी दुई गुणले विश्वासिलो र नयाँ सोचको आवश्यकता पूरा गर्छन्। अनुसन्धानले देखाउँछ कि conscientiousness ले पढाइमा राम्रो नतिजा र जागिरमा सफलता ल्याउँछ, भने openness ले रचनात्मकता र लचिलोपन पनि बढाउँछ। यी दुई गुणहरू आजका चुनौतीहरू सामना गर्न उत्कृष्ट संयोजन मान्न सकिन्छ ।
कर्तव्यनिष्ठता भनेको के हो?
Conscientiousness भनेको कामप्रति समर्पित हुने, सावधानीपूर्वक र योजनाबद्ध रूपमा काम गर्ने गुण हो। यो यस्तो गुण हो जसले विद्यार्थीलाई परीक्षा अघि हप्तौंसम्म पढाइको योजना बनाउँछ, अथवा त्यो कामदार हो जसले आफ्नो काम दोहोर्याएर जाँच्छ। यो गुणले विश्वास र राम्रो नतिजा ल्याएर सफलताको बाटो बनाउँछ। आजको समाजमा, जहाँ सटिकता र विश्वसनीयता महत्त्वपूर्ण छन्, conscientiousness बलियो आधार हो।
जिज्ञासुपन भनेको के हो?
Openness भनेको नयाँ कुरा सिक्ने, रचनात्मक सोच राख्ने र परिवर्तनलाई स्वीकार गर्ने उत्साह हो। यो त्यो व्यवसायी हो जसले आफ्नो व्यवसाय बढाउन नयाँ प्रविधि सिक्छ वा त्यो शिक्षक हो जसले अनलाइन कक्षामा सहजै अनुकूलन गर्छ। विचारहरू तीव्र गतिमा बदलिने समयमा openness ले समस्यालाई अवसरमा बदल्छ। अनिश्चितताको समयमा यो गुणले हामीलाई सधैं तयार र तेज राख्छ।
यी गुणहरूले जीवनलाई कसरी समृद्ध बनाउँछन्?
यी गुणहरूले हामीलाई सफलता मात्र होइन, जीवनलाई पनि समृद्ध बनाउँछन्। Conscientiousness ले काम राम्रोसँग सम्पन्न गरेको गर्व दिन्छ। Openness ले नयाँ कुरा सिक्ने र अनुभव गर्ने जोश ल्याउँछ। यी दुई गुणले व्यवस्था र साहसिकताको सन्तुलन बनाउँछन्, जसले जीवनलाई बलियो र जीवन्त बनाउँछ। विश्वास र नयाँ विचारहरू चाहिने आजको समाजमा यी गुणहरू निकै महत्त्वपूर्ण छन्।
कर्तव्यनिष्ठता र जिज्ञासुपन कसरी विकास गर्ने?
यी गुणहरू कर्तव्य र जिज्ञासा जस्ता मूल्यहरूबाट विकसित हुन्छन्। अर्को लेखमा हामी यी गुणहरूलाई बच्चा र वयस्कहरूमा कसरी बढाउने भन्ने सुझाव दिनेछौं। साधारण तरिका — जस्तै planner प्रयोग गर्ने वा किन वा के हुन्छ? जस्ता प्रश्न सोध्ने बानीले यी गुणहरू विकास गर्न सघाउँछ। यी गुणहरूलाई हामी आफु तथा परिवारमा बढाएर सफल भविष्यको जग बसाल्न सक्छौं।
(डा.बिश्वकर्माको यो लेख अंग्रेजीमा Medium ब्लगमा अप्रिल २०, २०२५ मा प्रकाशित भएको थियो)
प्रतिक्रिया