एल साल्भाडोर सरकारले चार जना डेमोक्र्याट सांसदहरूले अवैध रूपमा निर्वासित नागरिक किल्मार अब्रेगो गार्सियासँग भेट गर्न राखेको अनुरोधलाई अस्वीकृत गरेको छ।
मेरील्यान्डमा बस्दै आएका अब्रेगो गार्सिया र उनको परिवारसँग सम्बन्धित यो मुद्दामा अमेरिकी सिनेटर क्रिस भ्यान होलनको भर्खरैको भ्रमणपछिको चार दिनमै अन्य सांसदहरू भेटको तयारी गरिरहेका थिए।
फ्लोरिडाका सांसद म्याक्सवेल फ्रस्टले एमएसएनबीसीसँग एल साल्भाडोरबाट दिएको अन्तर्वार्तामा भने, “हामीलाई कुनै औपचारिक प्रतिनिधिमण्डल होइनौं भन्ने कारणले हामीलाई भेटको अनुमति दिइएन।” उनले थपे, “हामी हार मान्दैनौं, अझै धेरै बैठकहरू तय भइसकेका छन्।”
अब्रेगो गार्सिया, जो सन् २०१९ मा अमेरिकी अदालतको आदेशअनुसार निर्वासन निषेधित थिए । मार्चमा ट्रम्प प्रशासनले उनलाई एमएस-१३ गिरोहको सदस्य भएको आरोपमा एल साल्भाडोरको कारागार मा पठाएको थियो।
हाल उनले सान्ता आनाको औद्योगिक कारागार केन्द्रमा राखिएको अमेरिकी विदेश बिभागका वरिष्ठ अधिकारी माइकल कोजाकले जनाएका छन्। उनले थपे, “गार्सिया राम्रो अवस्थामा छन् र उनको स्वास्थ्य पनि राम्रो छ।
सिनेटर भ्यान होलनका अनुसार गार्सियाले आफूलाई करिब आठ दिनअघि सिइसिओटि कारागारबाट अन्यत्र सारिएको जानकारी दिएका थिए।
गार्सियाका पत्नी र वकिलले भनेका छन्, “उनी एमएस-१३ का सदस्य होइनन्, र यो आरोप राजनीतिक दबाबको परिणाम हो।” यस घटनाले अमेरिकी-एल साल्भाडोर सम्बन्धमा थप तनाव ल्याएको छ। यता राष्ट्रपति डोनाल्ड ट्रम्पले गार्सियाले गर्व साथ पाँच औलामा एमएस-१३ को ट्याटु (कलान्यास)लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।
ट्रम्पले एमएस-१३ गिरोहको सदस्य हैन भने कसरी गर्व गर्दै पाँच औलामा खोपको भन्दै डेमोक्र्याटहरुले यसलाई मुद्धा बनाई रहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया