“१३३ अन्तर्राष्ट्रिय विद्यार्थीको कानुनी स्थिति तुरुन्त फिर्ता गरियोस् – ट्रम्प प्रशासनलाई अदालतको कडा आदेश”

इनेप्लिज २०८२ वैशाख ९ गते १६:४९ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई १३३ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कानुनी स्थिति पुन: बहाल गर्न मङ्गलबार बेलुका ५ बजे सम्मको समयसीमा दिएको छ।

 अप्रिल १८ मा गरिएको आदेशअनुसार विद्यार्थीहरूको तर्फबाट अस्थायी रोक आदेश (टिआरओ)जारी गरिएको हो।

संघीय न्यायाधीश भिक्टोरिया एम. काल्भर्टले विद्यार्थीहरूको तर्फबाट अनुरोध गरिएको टिआरओ जारी गर्दै उनीहरूको विद्यार्थी स्थिति गैरकानुनी रूपमा खारेज गरिएको दाबीलाई मान्यता दिएकी हुन्।

अमेरिकन सिभिल लिबर्टीज युनियन (अमेरिकी नागरिक स्वतन्त्रता सॅघ) र अन्य संस्थाहरूले संयुक्त रूपमा उत्तरी जर्जिया जिल्ला अदालतमा दायर गरेको यो मुद्दा आइसिले “अचानक र गैरकानुनी रूपमा” विद्यार्थी र विनिमय आगन्तुक प्रणालीमा राखिएका अभिलेख(रेकर्ड)हरि खारेज गरेको दाबी गर्दै दायर गरिएको धेरै मुद्दामध्ये एक हो। एसइभिआइएस प्रणालीले गैर-आप्रवासी विद्यार्थीहरूलाई निगरानी गर्छ।

मुद्दामा भनिएको छ, “एसइभिआइएस  अभिलेख खारेज गरेर डिएचएसले विद्यार्थीहरूको स्थिति अन्त्य गरिरहेको छ र उनीहरूलाई देशनिकाला योग्य बनाइरहेको छ।”

केही विद्यार्थीहरू स्नातक ( दिक्षान्त )नजिक छन् भने केही काम सम्बन्धी कार्यक्रमहरूमा सहभागी रहेका छन्। 

अदालतले ट्रम्प प्रशासनलाई ती सबैको स्थिति यथाशक्य छिटो पुन: बहाल गर्न आदेश दिएको छ।

प्रतिक्रिया