प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १५ महिनापछि पदबाट राजीनामा दिने बताएका छन् । कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजीनामाको लागि १५ महिना कुर्नै पर्ने बताएका हुन् । नयाँ शक्ति भनिएकाहरुले आफूलाई कहिले राजीनामा दिने भनेर सोधिरहेको बताउँदै उनले भने, ‘मैले १५ महिनामा राजीनामा दिन्छु। प्रधानमन्त्रीको राजीनामा कहिले भनेका छन् । पर्ख, पर्ख १५ महिनामा राजीनामा दिन्छु ।’
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्ड गएको विषयलाई तोडमोड गरेर लेखिएको भन्दै उनले सञ्चारमाध्यमहरुप्रति असन्तुष्टि व्यक्त गरे । उनले सभापति देउवालाई १५ महिनापछि सत्ता हस्तान्तरण गर्ने पनि दोहोर्याए । देउवा थाइल्याण्डबाट फर्किएपछि के–के न हुन्छ जस्तोगरी हल्ला चलाइएको उनले बताए । देउवा फर्किएपछि पनि केहीपनि नहुने उनको भनाइ छ । भिडियूमा हेर्नुस्
प्रतिक्रिया