,न्यूयोर्क, अप्रिल २१
अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्याण्डमा नेपाली नयाँ वर्ष २०८२ र दक्षिण एसियाली समुदायको परम्परागत चाड वैशाखी एकै मञ्चबाट संयुक्त रूपमा भव्यताका साथ मनाइएको छ। सोमबार, अप्रिल २१ का दिन हिक्सविलस्थित कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा टाउन अफ ओएस्टर वे का सुपरभाइजर जोसेफ सालाडिनो प्रमुख अतिथि थिए। उक्त कार्यक्रम साउथ एसियन एडभाइजरी बोर्डको आयोजनामा तथा Community of Nepalese Communities USA (CCNC USA) को सह–आयोजनामा सम्पन्न भएको हो, कार्यक्रममा नेपाली, भारतीय, पंजाबी, वंगलादेसी लगायत दक्षिण एसियाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। विविध सांस्कृतिक पहिरन, परम्परागत नृत्य र गीतमार्फत सहभागी समुदायहरूले आ–आफ्नो संस्कृति झल्काएका थिए। नेपाली समुदायको उपस्थिति विशेष रूपमा उल्लेखनीय रहेको आयोजकले जनाएका छन्। कार्यक्रम टाउन सुपरभाईजर जोसेफ सालोडिनो ले संचालन गरेका थिए ,कार्यक्रममा नर्थ हेमेस्टेड टाउन सुपरभाईजर जेनिफर डिसेना लगाएतले सम्वोधन गरेका थिए , कार्यक्रमका वक्ता तथा CCNC USA का अध्यक्ष बाबुराम शर्माले नेपाली नयाँ वर्षलाई आधिकारिक रूपमा समेटेर मनाउन दिनुमा टाउन अफ ओएस्टर बेप्रति आभार व्यक्त गर्दै भने, “यो हामी नेपाली समुदायका लागि ऐतिहासिक क्षण हो। आजको युग समावेशीताको हो, अन्य समुदायसँग सहकार्य गरेर आफ्ना चाडपर्व मनाउँदा मात्र हाम्रो पहिचान अन्तर्राष्ट्रिय स्तरमा फैलिन्छ।”
कार्यक्रममा CCNC USA का कोषाध्यक्ष तथा एडभाइजरी बोर्ड सदस्य शंकरनारायण प्रजापति, मोहन क्षेत्री, निर्मल थपलिया, मित्र कार्की, सहकुल गिरी ,पम्फा भण्डारी, विशाल रेग्मी, कृष्ण पौडेल, सूर्य पौडेल, मन्जु सिटौला , निसा ढकाल , सुमन वास्तोला, बुद्धजंग गुरुङ, लक्ष्मी पूजा, तुलसी पौडेल, लक्ष्मी पौडेल, गीता पुरी, सोम अधिकारी, शभी अधिकारी, समाजसेवी रमेश सत्याल, राजेन्द्र केसी, लक्ष्मी सुवेदी , रविन्द्र वास्तोला , सृस्टी पौडेल ,कोपीला वराल लगाएत लङ आइल्याण्डका सयौं नेपालीको सहभागिता रहेको थियो। कार्यक्रममा हेम्स्टेड टाउनका लागि नव नियूक्त नेपाली प्रतिनिधि सानु महर्जनको पनि उपस्थिति रहेको थियो। त्यसैगरी समाजसेवा तथा समुदायमा पु¥याएको योगदानका लागि नेपाली समुदायकी गीता पुरी र कलाकार सिम्रन अधिकारीलाई टाउन अफ ओएस्टर बेद्वारा सम्मानपत्र (Citation) प्रदान गरिएको थियो। सम्मानपत्र टाउन सुपरभाइजर जोसेफ सालाडिनो र CCNC USA का अध्यक्ष बाबुराम शर्माको हातबाट प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी नेपालीहरू परम्परागत सांस्कृतिक भेषभूषामा सजिएर सहभागी भएका थिए। कार्यक्रमको फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो। CCNC USA परिवारले अग्रज नेता वेद खरेलको समन्वयमा कार्यकारी निर्देशक ह्यारी मलहोत्रासँग समन्वय गरी टाउन अफ ओएस्टर बेको इतिहासमै पहिलोपटक नेपाली नयाँ वर्षलाई आधिकारिक रूपमा समावेश गराउन सफल भएको जनाएको छ। कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको सामाजिक सहभागिता, सांस्कृतिक संरक्षण र अन्तरसमुदायिक समावेशीताको उदाहरण प्रस्तुत गरेको CCNC महासचिव संकर राज भण्डारी ले वताउनु भएको छ ।
प्रतिक्रिया