“न्यायका लागि ट्रम्प प्रशासनको कडा कदम: आप्रवासी हत्यारा समयपूर्व रिहा भएपछि संघीय मुद्दा”

इनेप्लिज २०८२ वैशाख १० गते १८:५६ मा प्रकाशित

क्यालिफोर्नियाले समयभन्दा ६ वर्ष पहिला एक गैरकानुनी आप्रवासीलाई रिहा गर्न लागेको खबरपछि ट्रम्प प्रशासनले संघीय मुद्दा दायर गरेको छ। 

ओस्कर एडुआर्डो ओर्टेगा-अङ्गुइआनोले सन् २०२१ को नोभेम्बरमा क्यालिफोर्नियाको ४०५ राजमार्गमा मादक पदार्थ सेवन गरेर झण्डै १०० माइल प्रतिघण्टाको गतिमा गाडी चलाउदा उनले १९ वर्षीय युगल जोडी अन्या वार्फोलोमेभ र निकोले ओसोकिनलाई ठक्कर दिँदै ज्यान लिएका थिए ।

सन् २०२२ मा उनलाई दुई जनाको मादक पदार्थ सेवन गरि गाडी चलाएर हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। 

तर क्यालिफोर्निया राज्यले उनलाई केवल ३.५ वर्षपछि जुलाई १९ मा रिहा गर्ने निर्णय गर्‍यो। 

पीडित परिवारलाई इष्टर आइतबारको दिन रिहाको जानकारी दिइएको थियो। 

यदि क्यालिफोर्निया सरकारले न्याय दिलाउन असफल भयो भने संघीय न्याय विभागले कदम चाल्नेछ,” अमेरिकी सरकारी वकिल बिल एस्सेलीले सामाजिक सॅजालमा एक्समा टिप्पणी गर्दै भने, “हामीले आप्रवासनसम्बन्धी अपराधमा मुद्दा हालेका छौं, दोषी ठहर भएमा २०  वर्षको सम्म सजाय हुन सक्छ।”

प्रतिक्रिया