अमेरिकामा १२ वटा राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध “अवैध रूपमा कर वृद्धि गरेको” आरोप लगाउँदै बुधबार संयुक्त रूपमा मुद्दा दायर गरेका छन्।
मुद्दामा भनिएको छ ,ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन अन्तर्गत अमेरिकी नागरिकहरूमाथि गैरकानुनी रुपमा कर लागू गरेका छन्।
अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐन राष्ट्रपति राष्ट्रिय आपतकालीन अवस्थामा विशेष अधिकार दिन्छ तर मुद्दाका अनुसार कर लगाउने अधिकार यो ऐनले प्रदान नगर्ने जनाईएको छ ।
न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिसा जेम्सले भनिन्, “डोनाल्ड ट्रम्पले जीवनयापन सजिलो बनाउने वाचा गरेका थिए, तर यी गैरकानुनी भन्सार शुल्कले महँगी, बेरोजगारी र आर्थिक संकट अझ बढाउनेछ।”
न्यूयोर्क, एरिजोना, कोलोराडो, कनेक्टिकट, डेलावेयर, इलिनोइ, माइन, मिनेसोटा, नेभाडा, न्यू मेक्सिको, ओरेगन र भर्मन्टले ट्रम्प प्रशासनविरुद्ध संयुक्त राज्य अन्तर्राष्ट्रिय व्यापार अदालतमा मुद्दा दायर गरेका हुन्।
यसअघि पनि साना व्यवसाय र नागरिक अधिकार संस्थाहरूले यस्ता शुल्क विरुद्ध उजुरी दर्ता गरिसकेका छन्। साथै, उक्त मुद्दाले विश्वव्यापी पारस्परिक शुल्क रोक्न आदेश माग गरेको छ । ट्रम्पले संविधान र प्रशासनिक प्रक्रिया ऐनको उल्लंघन गरेको दाबी गरिएको छ।
प्रतिक्रिया