यूक्रेनी राजधानी किभमा बुधबार राति भएको रूसी क्षेप्यास्त्र तथा मानव रहित यान (ड्रोन )आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। यूक्रेनको रक्षा मन्त्रालयका अनुसार यो आक्रमण शान्तिपूर्ण शहर र सर्वसाधारण घरहरूमा लक्षित गरिएको “भीषण आक्रमण” थियो।
“पानी जहाज (क्रुज मिसाइल) क्षेप्यास्त्र ,मानव रहित यन (ड्रोन ) प्राक्षेपिक (ब्यालिस्टिक) हतियारहरु फेरि एकपटक शान्तिपूर्ण शहरहरूमा हमला। यो रूसी हिंसाको अर्को प्रमाण हो,” मन्त्रालयले सामाजिक सञ्जालमार्फत लेखेको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जो अहिले दक्षिण अफ्रिकाको भ्रमणमा छन्, आक्रमणको खबरपछि आफ्नो भ्रमण छोट्याउने र समयअघि स्वदेश फर्किने घोषणा गरेका छन्। “करीब ७० वटा क्षेप्यास्त्र (मिसाइल) तीमध्ये केही ब्यालिस्टिक(प्राक्षेपिक) पनि, र १५० भन्दा बढी आत्मघाती मानव रहित यान (ड्रोन)हरू — विश्वले यो सत्य देख्न र बुझ्न आवश्यक छ,” जेलेन्स्कीले भने।
यूक्रेनको आपतकालीन सेवा विभागका अनुसार रातभरिको आक्रमणमा कम्तीमा ७० जना घाइते भए, तीमध्ये ४२ जना अस्पताल भर्ना गरिएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार घाइतेको संख्या ८० नाघिसकेको छ। तीमध्ये ६ जना बालबालिका रहेका छन्।
उद्धारकार्य अझै जारी छ, र सुरक्षाकर्मीहरू भग्नावशेषभित्र बाँचेका व्यक्तिको खोजीमा खटिएका छन्।
किभमा मात्र होइन, रूसले झिटोमिर, खार्किभ, पोल्टाभा, खमेलनित्स्की, सुमी र जापोरिजिया क्षेत्रहरूमा पनि रातभरिआक्रमण गरेको रक्षा मन्त्रालयले जनाएको छ।
रक्षा मन्त्रालयले टिप्पणी गर्दै भन्यो, “यी आक्रमणहरूले पुनः प्रमाणित गर्छन् — रूस शान्ति होइन, युक्रेनीहरूको विनाश चाहन्छ।”
प्रतिक्रिया