राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको नयाँ व्यापार सम्झौता सम्बन्धी पत्रकारहरूको प्रश्नमा कुनै ठोस विवरण नदिई मौन रहे। उपराष्ट्रपति जेडी भान्सले यस सम्झौतामा आफ्नो भूमिका रहेको दाबी गरे पनि ट्रम्पले त्यसबारे विस्तृत जानकारी दिन नमानेको एबिसीन्यूजले जनाएको छ ।
“यी सम्झौताहरू त्यति जटिल हुँदैनन्,” ट्रम्पले भने। उनले त्यसपछि विगतका अमेरिका–भारत व्यापार सम्झौता बारे कुरा गर्दै तिनीहरू अमेरिकाका लागि अन्यायपूर्ण रहेको टिप्पणी गरे।
यद्यपि उपराष्ट्रपति भान्सले केही दिनअघि मात्र भारत भ्रमणको क्रममा सञ्चारकर्मीहरूलाई आफूले नयाँ व्यापार सम्झौता अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए। उनले यो सम्झौता दुई देशबीच व्यापारिक सन्तुलन सुधार गर्न महत्त्वपूर्ण हुने दाबी पनि गरेका थिए।
भारत र अमेरिका बीचको व्यापार सम्बन्ध विगत केही वर्षहरूमा विस्तार हुँदै आएको छ, तर कर शुल्क कृषि व्यापार, र प्रविधि स्थान्तरण जस्ता मुद्दामा अझै विवाद जारी छ। ट्रम्पको पछिल्लो प्रतिक्रिया र मौनताले आगामी रणनीतिक निर्णयहरू प्रतीक्षा गर्नु पर्ने संकेत दिन्छ।
प्रतिक्रिया