बाल्टिक समुद्रको आकाशमा बिहीबार स्विडेनले दुईवटा लडाकु विमान पठाएर रूसी गुप्तचर विमानलाई खेदाएको छ।
स्विडेनी हवाई सेनाका अनुसार रूसी आईएल-२० सिओओटी विमान पोल्याण्डको हवाई क्षेत्र नजिक आइरहेको थियो।
नेटोका नेतृत्वमा रहेका स्विडेनी विमानहरूले तुरुन्तै प्रतिक्रिया जनाउँदै विमानलाई अवरोध गरी उक्त क्षेत्रबाट बाहिर पठाए।
स्विडेनले मार्च २०२४ मा नेटोमा प्रवेश गरेको थियो, र यो घटना त्यसयता देखिएको सुरक्षा चुनौतीको ताजा उदाहरण हो।
केही दिनअघि मात्रै बेलायतले पनि आफ्ना टाइफून लडाकु विमान प्रयोग गरेर यस्तै रूसी विमानलाई रोकेको थियो।
नेटोको वायू कमान्डले सामाजिक सञ्जालमा उक्त अवरोधको तस्बिरहरू सार्वजनिक गरेको छ।
बेलायती सशस्त्र बल मन्त्री लुक पोलार्डले भने, “रूसी आक्रामकता बढ्दो छ, र हामीले आफ्नो सुरक्षालाई बलियो बनाउन, मित्र राष्ट्रलाई आश्वस्त तुल्याउन र विरोधीलाई रोक्न कदम चालिरहेका छौं।”
रूसले २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण गरेपछि बाल्टिक क्षेत्र एक संवेदनशील सैन्य क्षेत्र बन्न पुगेको छ, जसले नेटो राष्ट्रहरूलाई सधैं सतर्क रहन बाध्य बनाएको छ।
प्रतिक्रिया