भर्जिनियाको लाङ्ग्ली वायुसेना आधार शिविरमा परीक्षण विमान दुर्घटना, अनुसन्धान सुरु

इनेप्लिज २०८२ वैशाख ११ गते १८:४२ मा प्रकाशित

भर्जिनिया राज्यको ह्याम्पटन नजिकै रहेको लाङ्ग्ली एयर फोर्स बेस(वायुसेना आधार शिविर)बिहीबार दिउँसो एक परीक्षण विमान दुर्घटना भएपछि राष्ट्रिय यातायात सुरक्षा समितिले औपचारिक अनुसन्धान थालेको छ। 

अधिकारीहरूले फक्स न्युजलाई बताए अनुसार दुर्घटनास्थलमा दिउँसो २:१० बजेसम्म पहिलो प्रतिक्रिया दिने टोलीहरू पुगेका थिए। 

हालसम्म कुनै घाइते वा मृतकको पुष्टि भइसकेको छैन। दुर्घटनामा कति यात्रु सवार थिए भन्ने कुरा अझै स्पष्ट भएको छैन। 

तर एनटिएसविले पुष्टि गरेअनुसार यो एमएक्स विमानसेवा एमएक्सएस नामक एक प्रयोगात्मक विमान थियो। 

दुर्घटनाको कारण र परिस्थितिहरूबारे अनुसन्धान भइरहेको जनाइएको छ। 

प्रतिक्रिया