इन्द्रकला राई र हसन राईको ‘पैसाकी बैस’ गीत सार्वजनिक, जिवन र लक्ष्मीको रोमान्स

इनेप्लिज २०८२ वैशाख १२ गते ०:३० मा प्रकाशित

काठमाडौ । गायक हसन राई र चर्चित गायिका तथा द भ्वाईस अफ नेपाल सिजन ६ की प्रतिस्पर्धी इन्द्रकला राईको स्वरमा ‘पैसाकी बैस’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत लुङ्टो क्रियशन युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । द भ्वाईस अफ नेपाल सिजन ६ कै अर्का प्रतिस्पर्धी चर्चित गायक तथा संगीतकार रोशन राईको यस गीतमा शब्द तथा संगीत रहेको छ । सागर सन्सार राईको एरेञ्ज रहेको गीतलाई किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

‘पैसाकी बैस’ गीतको म्युजिक भिडियोमा रियल जोडी जिवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ । जिवन र लक्ष्मीले नै निर्देशन गरेको म्युजिक भिडियोमा उनिहरुको रोमान्ससंगै गाउले जिवन सहितको प्रेमपनि देख्न सकिन्छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् ।


गायक हसन राईले अहिले सम्मय करिव २ दर्जन गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङपनि गरिसकेका छन् । धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसंग संगीत सिकेका हसन पाश्र्व गायनमापनि मोह राख्छन् ।

प्रतिक्रिया