अमेरिकाको न्यू मेक्सिको राज्यको पूर्व डोना आना काउन्टीका न्यायाधीश जोएल कानो र उनकी पत्नी न्यान्सी कानोलाई संघीय गुप्तचररूले बिहीबार पक्राउ गरेका छन्। उनीहरूलाई अवैध आप्रवासी र खतरनाक आपराधिक गिरोह ट्रेन डे आरागुवाको सदस्य क्रिस्थियन ओर्टेगा-लोपेजलाई संरक्षण गरेको आरोप लागेको छ।
ओर्टेगा-लोपेजलाई कानो दम्पतीले आफ्नो अतिथि गृहमा राखेको पत्ता लागेपछि उनीहरूको घरमा छापा मारिएको थियो। प्रारम्भमा उनलाई न्यान्सी कानोले घर मर्मतका लागि काममा लगाएकी थिइन्।
जाँचका क्रममा ओर्टेगा-लोपेजलाई ट्रेन डे आरागुवा गिरोहसँग सम्बन्धित प्रमाणहरू जस्तै गिरोहको कपडा, ट्याटु( कलान्याश) लगायत भेटिएको थियो। उनी डिसेम्बर १५, २०२३ मा टेक्ससबाट अवैध रूपमा अमेरिकामा प्रवेश गरेका थिए । र ,तीन दिनपछि थुनुवा घरमा भीडका कारण उनीलाई निष्काशन प्रक्रिया अगाडि बढाइएको थियो।
अहिले उनीमाथि अवैध आप्रवासीको रूपमा हतियार बोकेको अभियोग लागेको छ । दोषी ठहरिए १५ वर्ष कैद सजाय हुन सक्छ। सामाजिक संजालमा उनी हतियारसहित तस्बिरहरूमा देखिएका थिए, जसमा केही हतियारहरू न्यायाधीश कानोकी छोरी एप्रील कानोकी भएको दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्प अन्तर्गत गृह सुरक्षा सचिव क्रिस्टि नोएमका अनुसार ६०० भन्दा बढी गिरोहका सदस्यहरू पक्राउ गरिएका छन्।
न्यायाधीश कानोले गत मार्चमा पदबाट राजीनामा दिएका थिए। न्यू मेक्सिकोको सर्वोच्च अदालतले हालै उनीमाथि न्यायिक पदमा स्थायी प्रतिबन्ध लगाएको छ।
प्रतिक्रिया