सरकार परिवर्तनको हल्ला सगै देउवा दम्पती स्वदेश फिर्ता

इनेप्लिज २०८२ वैशाख १२ गते १०:०१ मा प्रकाशित

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । स्वदेश फर्किए लगत्तै उनले सरकार परिवर्तन हुने हल्लालाई हल्लाको नै संज्ञा दिईन् । त्यसमा कुनै सत्यता नभएको उनको प्रतिक्रिया छ । थाइल्याण्ड बसाईको क्रममा सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटवार्ता नभएको उनको प्रष्टोक्ति थियो ।

एयरपोर्टमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भनिन्,‘यो उहाँको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन ।’ सभापति देउवाले पनि सत्ता गठबन्धन फेरवदल नहुने प्रतिक्रिया दिए । उनले सरकार परिवर्तन हुने कुरा आफूलाई थाहा नभएको पनि बताए ।

यस्तै, स्वदेश फर्किनुअघि हिजोमात्रै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनवार्ता गरेको मन्त्री राणाले खुलाईन् । देउवा दम्पत्ति बैंककमा रहेकै बेलामा नेपालमा भने सरकार ढल्ने दाबी गरिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले अहिलेको सरकार लामो नजाने र देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । उनले देउवा बैंकक उड्नुअघि आफूसँग फोनवार्ता भएको पनि खुलासा गरेका थिए भिडियो हेर्नुहोस

बेद प्रसाद घिमिरे

प्रतिक्रिया