न्यायधिशद्वारा ट्रम्प प्रशासनको अनुरोध अस्वीकार, टफ्ट्स विश्वविद्यालयकी छात्रा अब भर्मन्ट स्थानान्तरण हुने

इनेप्लिज २०८२ वैशाख १२ गते १०:०२ मा प्रकाशित

अमेरिकी न्यायाधीश विलियम के. सेशन्स तृतीयले बिहीबार अमेरिकी सरकारले गरेको अनुरोधलाई अस्वीकार गरका छन् । ट्रम्प प्रशासनले टफ्ट्स विश्वविद्यालयकी छात्रा रुमेसा ओज़तुर्कलाई लुजियानास्थित थुनामा राखिएको छ भने उनलाई भर्मन्ट राज्य स्थित हिरासतमा सार्न प्रशासनएले गरेको आग्रहलाई रोक लगाउन अस्वीकार गरे।

यस अनुसार ओज़तुर्क अब भर्मन्टको एक अन्य थुनामा स्थानान्तरण हुने छिन् । सरकारले उक्त स्थानान्तरण विरुद्ध दोस्रो अपील अदालतमा अपील गर्ने तयारीका क्रममा स्थानान्तरणमा रोक लगाउन अनुरोध गरेको थियो। तर, न्यायाधिश सेशन्सले स्थानान्तरणले आप्रवासन अदालतमा चलिरहेको उनको निर्वासन प्रक्रियामा कुनै प्रभाव नपर्ने जनाउँदै अनुरोध अस्वीकार गरे।

न्यायाधीशका अनुसार “ओज़तुर्क लुजियानास्थित थुनामा छिन्, जहाँ उनले अत्यधिक भीड, अशुद्ध वातावरण, बिग्रिँदो स्वास्थ्य अवस्था, अपर्याप्त उपचार र धार्मिक अभ्यासमा कठिनाई भोगिरहेको बताएकी छिन्,”

यस फैसलाले छात्राहरू र आप्रवासीहरूको मानव अधिकारप्रति न्यायालयको संवेदनशीलता देखाएको छ, जसले सरकारी कठोरताको बीचमा पनि मानवीयता र न्याय सुनिश्चित गर्न खोजेको संकेत दिन्छ।

प्रतिक्रिया