नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले आफूहरु मुलुकको स्थिरताको पक्षमा दृढतापूर्वक उभिने पक्षमा रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिले सरकार ढल्ने भनेर भइरहेको चर्चामा कुनै सत्यता नरहेको बताएका हुन् । उनले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको र सो प्रयास सफल हुन नदिने बताए ।
‘यो सरकारबाट नेपाली कांग्रेस नबाहिरिएसम्म सरकार ढल्दैन । यो कुरा सबैलाई थाहा छ । नेपाली कांग्रेस मुलुकको स्थिरताको पक्षमा दृढतापूर्वक उभिन्छ । कांग्रेस र एमालेको बीचमा भएको सहमतिलाई अक्षरश पालना गर्दछ,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले विश्वमा सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको अवस्थामा नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको बताए । भिडियोमा हेर्नुहोस
प्रतिक्रिया