अमेरिकाको ९ बिलियन डलर (अर्ब)को वैज्ञानिक संस्था नेशनल साइन्स फाउन्डेसन (एनएसएस-राष्ट्रिय बिज्ञान प्रतिष्ठान )का निर्देशक सेथुरामन पञ्चनाथनले बिहीबार राजीनामा दिएका छन्। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा नियुक्त भएका थिए । उनि सन् २०२० मा सर्वसम्मतिले सिनेटबाट अनुमोदन प्राप्त गरेका थिए।
पञ्चनाथनले आफ्नो विदाइ वक्तव्यमा भने, “मैले यस संस्थाको महत्वपूर्ण बिशेष कार्य (मिशन )अगाडि बढाउन सक्दो प्रयास गरें। अब नेतृत्व हस्तान्तरणको समय आएको छ।”
उनको राजीनामा वर्तमान ट्रम्प प्रशासनद्वारा सरकारी पुनःसंरचना र खर्च कटौतीका लागि सुरु गरिएको सरकारी दक्षता बिभागको दबाबका बीच आएको हो। सरकारी दक्षता बिभागले विभिन्न संघीय निकायहरूको कार्यक्षमता सुधार्न खर्च घटाउने दिशामा व्यापक कदम चालेको छ।
पञ्चनाथनले चेतावनी दिंदै भने, “यो हाम्रो देशको विश्व प्रतिस्पर्धात्मकताको हिसाबले निर्णायक क्षण हो। अमेरिकी वैज्ञानिक नेतृत्वलाई यथार्थमा परिणत गर्नराष्ट्रिय बिज्ञान प्रतिष्ठान (एनएसएफ)मा लगानी अत्यावश्यक छ। हामीले हाम्रो प्रतिस्पर्धात्मक क्षमता गुमाउनु हुँदैन।”
उनी नेतृत्वमा रहँदा राष्ट्रिय बिज्ञान प्रतिष्ठानले कृत्रिम बौद्धिकता(एआइ)जलवायु विज्ञान, र अन्तरिक्ष अनुसन्धानमा उल्लेखनीय परियोजनाहरू सुरु गरेको थियो। अब नयाँ नेतृत्व कसले सम्हाल्नेछ भन्नेबारे ट्रम्प प्रशासनले चाँडै घोषणा गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया