१० अप्रिल १९१२ मा टाइटानिक जहाजको पहिलो यात्रा शुरू भएको केही दिन अघि जहाजमा सवार एक प्रमुख जीवित बचेका यात्री आर्चिबल्ड ग्रेसीले लेखेको चिट्ठी पत्र (लेटरकार्ड ) लिलामीमा ३ लाख ९९ हजार डलर (३००,००० पाउण्ड) मा बिक्री भएको छ ।
यो लेटर कार्ड जुन एक ऐतिहासिक कागजातको रूपमा प्रस्तुत गरिएको थियो अब एक निजी सङ्ग्राहलयमा रहने भएको एनबिसीन्यूजले जनाएको छ ।
ग्रेसी, जो कि टाइटानिकको प्रथम श्रेणी यात्री थिए । उनले यो चिट्ठी पत्र (लेटर)कार्ड आफ्नो ठूला काकालाई १९१२ को अप्रिल १० मा लेखेका थिए। पत्रमा उनले टाइटानिकको बारेमा भनेका थिए: “यो एक राम्रो जहाज हो तर म यसको मूल्याङ्कन यात्रा समाप्त भए पछि मात्र गर्नेछु।” यस पत्रलाई हेनरी अल्ड्रिज एण्ड सन लिलामी घरले बेचेको हो, जसका अनुसार यस पत्र कार्डको लिलामी मूल्य प्रारम्भिक अनुमानको तुलनामा धेरै माथि गयो ।
६०,००० पाउण्डको अनुमानित मूल्यलाई उछिन्दै यो चिट्ठी पत्र ३००,००० पाउण्डमा बिक्री भएको छ ।
टाइटानिक जहाज १९१२ मा आफ्नो पहिलो यात्रा गर्दै न्यूफाउन्डल्यान्डको पानीमा हिमखंडमा ठोक्किएर डुबेको थियो । जसमा लगभग १,५०० व्यक्तिहरूको मृत्यु भएको थियो। आर्चिबल्ड ग्रेसीले आफ्नो जीवन बचाउन समुद्रमा हाम फालेर उल्टिएको सानो डुंगामा चढ्न सफल भए।
उनलाई अन्य यात्रुले उद्धार डुङ्गामा उद्धार गरे र आर.एम.एस. कर्पथियामा ल्याइयो। पछि उनले “द ट्रुथ अबाउट द टाइटानिक” टाइटानिकको वास्तविकता नामक पुस्तक लेखे, जसमा उनले आफ्नो अनुभवहरूको विस्तृत विवरण दिएका छन्।
ग्रेसीको चिट्ठी पत्र (लेटरकार्ड )आज पनि अत्यधिक ऐतिहासिक महत्वको कागजात मानिन्छ । यसलाई “संग्रहालय स्तरको अद्वितीय टुक्रा”को रूपमा वर्णन गरिएको छ। यो चिट्ठी पत्र आयरल्याण्डको क्विन्सटाउनबाट प्रकाशन गरिएको थियो, जुन टाइटानिकका दुई वटा रोकिने स्थलहरूमध्ये एक थियो।
ग्रेसीको पुस्तकलाई टाइटानिकको डुबाइको रातको घटनाहरूको सबैभन्दा विस्तृत र सही खाका मानिन्छ। ग्रेसीले आफ्नो जीवनमा धेरै सामाजिक र कानूनी कार्यहरू गरेका थिए ।
प्रतिक्रिया