अमेरिकी गृहसचिवको झोला नगद चोर्ने शंकास्पद व्यक्तिलाई शनिबार दिउँसो पक्राउ गरिएको एनबिसीवाशिंगटनले जनाएको छ । वाशिङ्टन डिसीमा गृह सचिव क्रिस्टी नोएमको चोरिएको झोलाको खोज गर्दा एक शंकास्पद व्यक्ति शनिबार दिउँसो पक्राउ परेका छन् । त्यस्तै श्रोतका अनुसार अर्का व्यक्तिको पनि खोजी जारी रहेको छ ।
वाशिङ्टन डीसीमा, राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रीमंडल सदस्य तथा होमल्यान्ड सेक्युरिटी सेक्रेटरी (गृह सुरक्षा सचिव )क्रिस्टी नोएमको झोला ईस्टर आइतबारका दिन क्यापिटल बर्गरमा चोरी भएको पुष्टि भएको थियो ।
झोलामा करिब ३,००० डलर नगद थियो। डिएचएसका प्रवक्ता र घटनासँग परिचित स्रोतहरूका अनुसार यो घटना वेस्टिन होटल (अतिथि गृह )नजिकै भएको थियो ।
शंका गरिएका व्यक्ति स्वेत पुरुष थिए भने उनले गाढा रंगको लुगा, गाढा टोपी र सेतो एन९५ मुखावरण (मास्क) लगाएका थिए। उनी साँझ ७:५५ बजे चमेनागृह भित्र प्रवेश गरेका थिए । नोएम बसेको टेबल नजिकै बसेका थिए। केहीबेरमा उनले आफ्नो खुट्टाले झोला तानेर आफू तिर ल्याए र त्यसलाई ज्याकेट(बाहुवस्त्र) भित्र राखेर चुपचाप चमेनागृह (रेस्टुरेन्ट) बाहिर निस्किए।
नोएमको झोला चोरी हुनु भन्दा तीन दिन अघि, वेस्टिन चमेनागृहमा परिवारसँग खाने बेलामा अर्की महिलाको झोला समेत ठ्याक्कै यस्तै तरिकाले चोरी भएको थियो।
एनबिसीन्यूजको अनुसन्धानले यी दुई घटनामा धेरै समानता भेटिएको छ। पहिलो पीडित महिला, जसले आफ्नो परिचय गोप्य राख्न चाहिन् र उनले भनिन्, “दुबै घटनाको शैली मिल्दोजुल्दो भएको देखेर म छक्क परेँ।”
पहिलो घटनामा पनि शंका गरिएका व्यक्ति स्वेत पुरुष थिए, गाढा रंगको कपडा र एन९५ मुखौटो (मास्क )लगाएका थिए। उनलाई सुरक्षा चित्रग्राहिणी )क्यामेराले देखाएको विवरण समेत मिल्दो छ।
नोएमको झोला चोरी हुँदा, कम्तिमा दुई गोप्य सेवाका अधिकारीहरू त्यहाँ उपस्थित थिए, तर चमेनागृह धेरै व्यस्त थिएन। अहिले, गोप्य सेवाले नोएमको घटनाको अनुसन्धान गरिरहेको छ। पीडित महिलाले भनिन्, “परिवारसँग खाना खान गएकी महिलालाई लक्षित गर्नु वास्तवमै घटिया व्यवहार हो।”
प्रतिक्रिया