रबिलाई “जेलपत्र”

नबिन बिक २०८२ वैशाख १४ गते १:३२ मा प्रकाशित

प्रिय रबिजी,

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा घुषतन्त्र र भ्रष्टचारतन्त्र लादेर देशलाई कंगाल बनाएर देशलाई बिगत ३८ बर्ष देखी बन्धक बनाएका कुलंगारहरुको बिचमा आशाको किरण बनेर अमेरीकाको उज्वल भबिस्य त्यागेर नेपाल आमाको मुहार फेर्न नेपाल फर्किनु भएको तपाई जस्तो ब्यक्ति जाने भनेकै जेल हो।

म पनि कुनै बेला बिध्यार्थी जिबनमा अनेरा स्वबियुको ईकाई कमिटीको अध्यक्ष र नगरकमिटीको कोषाध्यक्ष समेत भएको थिए । पछि माओबादीको बिचारधारा मन पर्यो उनीहरुलाई पनी धेरै सघाईयो, बिपी , किसुनजी र गणेशमानजी जस्तो ब्यक्तिहरुबाट पनि म धेरै प्रभाबित ब्यक्ति हुँ, तर मैले अहिले सम्म कुनै पार्टीलाई भोट हालेको छैन । जुन पार्टी र नेता खराब छन उनीहरुको सामाजिक संजालबाटै बिरोध गरेर आवाज बुलन्द पार्न कहिल्यै पछि परिन। अनपढ , गवार, गुन्डाहरुको शासनबाट वाक्क भईरहेको बेलामा ,रास्वपा र रास्वपासंग जोडिएका बुद्दिजीबी भिजनरी साथीहरुबाट धेरै प्रभाबित छु, अब देश बनाउने भनेकै तपाई हामी जस्ता युवाहरुले हो, रास्वपासंग जनताले धेरै आशा गरेको छ।

रास्वपा र रास्वपासंग जोडिएका बुद्दिजीबी भिजनरी साथीहरुबाट धेरै प्रभाबित छु ।

भ्रष्टराजमा खादै नखाएको बिष पनि लाग्दो रहिछ भनेर तपाईको जेल यात्राले पुष्टि गरेको छ, सयौ अर्बौको भ्रष्टचारी, सहकारी ठगहरु, अनेकौ कान्डको नाईकेहरु छाति फुलाएर माननिय बनेर सिंहदरबार र संसद भबनमा पसेका छन तर बिडम्बना तपाई जस्तो निडर हक्की जो देशको लागी ज्यानको बाजी लाएर हिडेको छ, उसैलाई जेलमा थुनेर राखेका छन।

यत्रो बर्ष सम्म कसैले हल्लाउन नसेकका देशको लागी घातक मिडिया माफिया कैलाश सिरोहिया जस्तो ध्रुबे हात्तिलाई केही दिन भए पनि जेल कोच्नु भनेको जंगलको राजा सिहॅलाई थुन्नु जस्तै हो। त्यो साहसको लागी तपाईको जति तारिफ गरे पनि कमै हुन्छ, भ्रष्टचारी आरजु राणा र केपी ओली लगायतका बिचौलिया र नजिका भाई भारदारहरुलाई थुन्ने र मुध्दा चलाउने प्रक्रिया अघि बढी रहदा सरकारै ढालियो र पुन फेरी भ्रष्टहरुकै रजगज चल्न थाल्यो। जे हुन्छ राम्रैको लागी हुन्छ, तपाईले भोगेको दुख र झमेलाले कानुनको दुरुपयोग कसरी हुदो रहिछ र यसेता छिद्र प्वालहरु कसरी टाल्नुपर्छ भनेर राम्रो संग सिक्ने मौका पाउनु भएको छ ।

राजनितिक ग्रुमिङ गर्नलाई, बालेन, हर्क र हमालजीहरुको लोकप्रियतालाई कम नआक्नुहोला !

तपाई गृहमन्त्रीमा हुदा पदिय दुरुपयोग मात्रै गरेको भए अर्बौमा कमाई हुन्थ्यो, बा र दाई भाउजुहरु संग हो मा हो मिलाएको भए र नैतिकतानै गुमाएको भए सायद प्रधानमन्त्री पनि भै सक्नुहुन्थ्यो र जाबो करोडको ( अर्बको अघि त करोड त जाबो नै सरह हुन्छ) सहकारी भ्रष्टचारको आरोपमा सुनियोजित जालझेल र साजिसमा तपाई जेल जान पर्दैन्थ्यो, त्यो नेपाली जनताले राम्रो संग बुझेका छन, ८४ को चुनाबमा जनताले राम्रोसंग जवाफ दिनेछन ,तपाईले चिन्ता नलीनुहोला।

तपाईलाई अब यी लोभी पापीहरुले ८४ को चुनाब अघि बाहिर आउन देलान जस्तो लाग्दैन किनकी यदि तपाई बाहिर आउनु भयो भने सत्ताको समिकरणनै परिबर्तन हुनेछ । यिनीहरुको लुटको दोकान बन्द हुनेछ र यिनीहरु जेलको कोठरीमा जीवन बिताउन पर्नेछ। त्यसैले अब तपाईले अलिकति बोल्ड डिसिजन लिने बोला आएको छ। रास्वपा भनेको पार्टी मात्रै होईन एउटा बिचार हो, रास्वपा भनेको रबि होईन, रबिलाई थुने पनि , रास्वपाको बिचारलाई थुन्न सक्दैनन, एक जना रबिलाई थुने हजारौ रबि जोडिने छन।

यिनीहरुको लुटको दोकान बन्द हुनेछ र यिनीहरु जेलको कोठरीमा जीवन बिताउन पर्नेछ।

तपाई बिना रास्वपा अन्योलमा छ, गति लिन सकेको छैन, यस्तै हिसाबले हो भने ८४ मा सोचेको जति सिट हासिल गर्न सकिदैन, ८४ को चुनाबमा कुनै पनि हालतमा बहुमत ल्याएर रास्वपाको सरकार बनाउनु पर्छ। रास्वपामा एक भन्दा अर्को बौद्दिक साथीहरु हुनुहु्न्छ , यसमा कुनै दुबिधा छैन तर समय र परिस्थिति हेरेर केही नेगोसिएट गरेर, बालेन साह, गोपाल हमाल र हर्क सामपाङ जस्तो ब्यक्तिहरुलाई कुनै पनि हालतमा रास्वपामा जोडेर अघि बढनु जरुरी छ।

बालेन साह लगाएत हर्क र हमालजीको पपुल्यारीटी र काम गर्नै शैली जनताले औधी रुचाएका छन। बालेन साहलाई एप्रोच गरेर उनलाई खुला अफर दिनुस, अध्यक्ष नै दिन परे पनि पछि नहटनुस, दुईजना अध्यक्ष हुने प्रचलन पनि आईसकेको छ, त्यसमा पनि बिचार गर्न सकिन्छ। चुनाब जितेसी बरु तपाईनै प्रधानमन्त्री बन्नुस, बालेन लाई उपप्रम तथा गृह दिए पनि हुन्छ, हमालजी र हर्कजीलाई पनि जुन मन्त्रालाय दिए पनि उहाँहरुले सत प्रतिशत न्याय नै गर्ने छन। बालेनलाई अध्यक्ष नै बनाउने प्रस्ताबले नमज्जा लाग्ला, गार्हो होला तर कंश बाट बचाउन कृष्णलााई बासुदेव र देबकीले पनि आफ्नो भर्खर जन्मिएको सन्तानलाई यशोदालाई सुम्पिएका थिए। राजनितिमा कहिले काहि त्याग जस्तो ठुलो केही हुदैन, स्व. नेता गणेशमानले पनि आफु प्रधानमन्त्री नबनेर किसुनजीलाई बनाउनु भएको थियो ।

भ्रष्टचार र लोभीपापीहरुले जकडिएको देशलाई मुक्त गर्न , अलिककि जिद्दि र हठी नभईकन सकिदैन, बालेनको पनि केही कमजोरी होलान, पार्टी र संगठनमा आईसकेसी उनी पनि बिस्तारै परिपक्क हुदै जानेछन, तपाई र अन्य कार्यसमितिका साथीहरु पनि त हुनुहुन्छ, उनलाई राजनितिक ग्रुमिङ गर्नलाई, बालेन, हर्क र हमालजीहरुको लोकप्रियतालाई कम नआक्नुहोला, उनीहरुलाई साथमा जोड्न सकियो भने, ८४ को चुनाबमा क्लिन स्विप म्यानडेट आउने छ।

तपाई एक्लैको अनुहारले २१ सिट ल्यायो, सबै जोडिए भने ६०-१०० सिट पक्का आउने छ। नेपालकै पहिलो ठुलो पार्टी बन्ने छ। त्यस पछि नेपालको मुहार फेर्न १० बर्ष पनि लाग्दैन। देशले जित्छ भने तपाई हार्न पनि तयार हुनुपर्छ रबिजी , मुटु ठुलो पार्नुस र सबैसंग लबिङ सुरु गरिहाल्नुस !

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया