जापान बिस्व मै एउटा अनुपम उधाहरणनिय देश हो।यो देशले उच्चतम आधुनिक प्रविधि, नागरिक स्वतन्त्रता ,प्रजातन्त्र मानबाधिकारको मात्र प्रतिनिधित्व गरेको छैन परम्परागत जापानिज मौलिक बिशेषता लाइ पनि जस्ता को तस्तै जोगाएर संगै अगाडी बढाई राखेको छ। work is worship भन्ने भावना बोकेका जापानिज हरु धर्म प्रति त्यति चासो राख्दैनन।त्यसैले आज भन्दा २०० बर्ष अगाडीनै प्रवेश गरेको इशाई धर्म अपनाउने हरु ३ % पनि छैनन् ८५ %बुद्धिस्ट र बाकि पुरानो धर्म सिन्तो का अनुयायी छन्।
जापानिजहरुको त्यो परम्परागत स्नान घरमा लागु हुने के को लाज नेपाल मा भने भ्रस्टाचारकोको मामलामा हुबहु लागु हुन्छ।नेता ,प्रशासक ,संघ सस्थाका जो सुकै सिधै वा घुमाइ भ्रस्टाचार गर्छन अनि उनिहरुलाइ सोध्यो “लाज लाग्दैन भ्रस्टाचार गर्न ?सहज उत्तर दिन्छन ‘सबैले गर्छन भ्रस्टाचार मलाइ मात्र के को लाज ?
आर्थिक रुपले जापान कमुनिस्ट पार्टी बलियो भए पनि राजनीतिमा हाबी भएको छैन।मजदुर हितको संरक्षणनै उसको मुख्य ध्येय हो।संसारकै पुरानो राजसस्था पनि सर्बाधिक मर्यादामा त्यहि छ।जनताको दुख सुखमा सम्मिलित हुनु बाहेक राजनीति सित दरबारलाइ मतलब छैन।९० को दशकमा जापानको सरकारी स्कुलहरुमा अंग्रेजी भाषा बिषय लाइ प्रवेश (पढाउने कि न पढाउने ?)गराउने बिषयमा विवाद भयो सरकारले जनमत संग्रह गर्यो।बहुमतले “हाम्रो भाषा अरुले सिकुन हामी किन सिक्ने ?भन्दै अस्विकार भयो (अंग्रेजी पढ्ने भए जापानिजले प्राइभेट इन्सिच्युटमा जानु पर्छ )अनुशासन ,सहयोग र सदभाब का लागी पनि जापानिजहरु संसार कै नमुना रहेका छन्।चोरी गर्नु अक्षम्य पाप ठान्ने जापानिज हरु बाटोमा फेला परेका पैसाले भरिएका ब्यागहरु प्रहरी लाइ लगेर बुझाइ दिन्छन।
अब जाउ जापानको ‘मिन्ना आरु ” र नेपालको भ्रस्टाचारको प्रसंगमा जापानमा परम्परागत सार्बजनिक स्नान् घर भएको सबैले सुनेका छौ र जापान पुगेका नेपाली हरुले अनुभब पनि गरि सकेका छन् ।जहाँ पुरुष तर्फको हल (स्नान कक्ष ) मा ज्वाई जेठान ससुरो बाजे नाती जस्ता नजिकका नातेदार नै किन न हुन् र अर्को कक्ष तर्फ सासु बुहारी हजुर आमा नातिनी सबै प्राकृतिक स्वरुपमा बिना कुनै बस्त्र स्नान (अफुरो )मा जाने चलन छ।हामीमा स्वभाबिक रुपले प्रश्न उठी हाल्छ छि लाज लाग्दैन भनेर ?जापानिजहरु सहज उत्तर दिन्छन “मिन्ना आरु “अर्थात सबैको छ उस्तै छ के को लाज ?
जापानिजहरुको त्यो परम्परागत स्नान घरमा लागु हुने के को लाज नेपाल मा भने भ्रस्टाचारकोको मामलामा हुबहु लागु हुन्छ।नेता ,प्रशासक ,संघ सस्थाका जो सुकै सिधै वा घुमाइ भ्रस्टाचार गर्छन अनि उनिहरुलाइ सोध्यो “लाज लाग्दैन भ्रस्टाचार गर्न ?सहज उत्तर दिन्छन ‘सबैले गर्छन भ्रस्टाचार मलाइ मात्र के को लाज ?भ्रष्टाचार यो तिन दशकमा सामाजिक सस्कृति नै बनि सकेको छ। जो भ्रष्ट छ उ सम्मानित छ उसले राजकीय स्थान हासिल गर्न सक्ने भएको छ।
खाको पाको लाको यहि सस्कृति भयो नया नेपाल को। बिगत ३ दशको अस्थिर सरकार र महँगो निर्वाचन प्रवृति भ्रष्टाचार को मूल आधार देखिन्छ सुडान काण्ड लगायत सैयौ काण्डको ज्वलन्त उदाहरण हो भ्रष्ट सस्कृतिको देशकै अस्तित्व जोखिममा पारेर सत्ताको लागि माफिया र मार्फत नेता हरु निर्धक्क भ्रष्टाचार अनियमितता गर्छन। राज्य संयन्त्र हरु अपाहिज बनाइको छ।
एक नेताले सासद निर्वाचनमा ३ करोड खर्च गरे तर हारे अहिले पैसा न भए ऋण तिर्न फिटि फिटि अब ति नेताले निर्वाचन जितेर मन्त्रि भएको भए कम्तिमा १० करोड त् भ्रस्टाचार गर्थे गर्थे ….चुणामणि , खड्का र सरकारी जग्गा हडप्ने भुटानी शरणार्थी आदि तमाम अपराधिक भ्रष्टाचार सुन काण्ड हरु राजनीतिक संरक्षण बिना भएको छ र ? देशको ठुला ठुला अनियमितता भ्रष्टाचारको पछाडी नेतृत्व बर्गको हात हुन्छ। तर फस्छन कर्मचारी मात्र उनिहरुले नेतालाइ बचाउने गर्छन किनकि नेताले भर्ना गरेका न्यायाधिश प्रहरीले बचाउने छन्। त्यसैले हामीले देखेका छौ।अर्बौ भ्रष्टाचार गर्दा लाख करोड मात्र धरौटी मागिन्छ जब कि सुशासन भएका देशमा गरेको भ्रष्टाचारको दुई तिन गुणा धरौटी वा थप जरिवाना को कानुन हुन्छ। भारतका प्रधानमन्त्री मोदी भन्छन कर्मचारी वा नेताले तब मात्र अनियमितता र भ्रष्टाचार गर्छ जब उसलाई बिस्वास हुन्छ कि उसलाई संरक्षण गर्ने वा बचाउने कोइ हुन्छ। भ्रष्टाचारको जड नेतृत्व बर्ग हो नेतृत्व बर्ग इमान्दार पारदर्शी र निष्पक्ष भए कर्मचारी स्वत इमान्दार हुन्छन।
दुर्भाग्य देशको लोकतन्त्र र गणतन्त्रको नाममा देश बिस्वकै न्यूनस्तरको नागरिक बिस्वकै भ्रष्ट नेतृत्वहरुको देशमा सुचित हुन् पुगेको छ। जापानिजले “मिन्ना आरु ” के को लाज भने झै हामि सबै भ्रष्ट एक भ्रष्ट लाइ अर्को भ्रष्ट देखि के को लाज के को डर ? निर्धक्क गर्नुछ भ्रष्टाचार कि कसो ? ओली प्रचण्ड शेबदे गगन बिस्व आरजु सिटौला महामहिम हरु।
Shekhar Dhungel (शेखर ढुंगेल)
सृष्टि कर्ताले मानिस लाइ दया करुणा सेवा र संबेदनसिल प्राणि वा आफ्नो प्रतिनिधिको रुपमा बनाएको हुन्।तसर्थ जहाँ आबस्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क,बिना आफ्नो पराइको परिचय बिना फाइदा बेफाइदाको हिसाब ,बिना सुबिधा असुबिधाको बहाना दया भाब देखाई हाल्नु पर्छ सहयोगको हात बढाई हाल्नु पर्छ जहाँ आबस्यकता हुन्छ त्यहाँ आफै लाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिकको उदाहरण हुनु हो।
http://katunjedhungel.blogspot.com/
शेखर ढुंगेल पत्रकार/लेखक हुनुहुन्छ
प्रतिक्रिया