अध्यावधिक गरिएको : “क्यानडाको भ्यानकुभरमा भीषण दुर्घटना: सडक उत्सवमा गाडीले किच्दा ९ जनाको मृत्यु”

इनेप्लिज २०८२ वैशाख १४ गते १०:४४ मा प्रकाशित

क्यानडाको भ्यानकुभरमा गत राति शनिबार एक भीषण दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। भ्यानकुभर प्रहरीले सामाजिक सञ्जालमा छोटो वक्तव्य जारी गर्दै भनेका छन्, “हिजो राति आयोजित लापु लापु उत्सवमा भीडमाथि गाडी कुदाउँदा अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस दुखद घटनाबाट प्रभावित सबैप्रति हाम्रो गहिरो समवेदना छ।”

घटनामा थुप्रै अन्य व्यक्तिहरू पनि घाइते भएका छन्। भ्यानकुभर जो पश्चिमी क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तको राजधानी हो, त्यहाँ आयोजित फिलिपिनो सडक उत्सवमा गाडी भीडमा घुसेपछि यो दुखद दुर्घटना भएको हो।

चालकलाई पक्राउ गरिएको छ । उसको पहिचान अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रहरीले घटनालाई “आतङ्कवादी आक्रमण होइन” भन्नेमा विश्वस्त रहेको जनाएको छ।

भ्यानकुभर शहरका नगर परिसद सदस्य पिटर फ्राइले पनि दुर्घटना हुनु अघि सोही दिन लापु लापु दिवस भोज (डे ब्लक पार्टी)मा सहभागिता जनाएका थिए।

यो भयावह घटना स्थानीय समुदायमा शोक र त्रास फैलिएको छ। अनुसन्धान जारी रहेको प्रहरी निकायले जानकारी दिएको छ।

यो भन्दा अगाडीको समाचार हेर्न पनि यसै समाचारको मुनि राखिएको छ :

प्रतिक्रिया