नेकपा (एमाले) का नेता एवं प्रतिनिध सभा सदस्य ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले कानुनी राज्यको उपहास गरिरहेको भन्दै आपत्ति जनाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले भारतको जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतङ्कारी हमलामा मृत्य भएकाहरुको परिवारप्रति समवेदना प्रकट गर्ने सन्दर्भमा सार्वजनिक गरेको विज्ञप्तिलाई लिएर नेता गैरेले आपत्ति जनाएका हुन् । नेता गैरेले ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव’ भनेर लेखिनु नेपालको संविधान र संसदको सर्वोच्चताको विरुद्धमा हुने बताए ।
‘नेपालको आजको व्यवस्थामा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव’ भन्ने कहाँ छ ? यो लेख्न कसरी सकिन्छ ? पाइन्छ कि पाइँदैन । यो संसद्को सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन ? त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ?’ प्रश्न गर्दै उनले भने ।
पूर्वराजा ज्ञानेन्द्र र उनका संवाद सचिव रहेका डा.फणिन्द्रराज पाठकलाई तत्काल कानुनी कारबाही गरिनुपर्ने नेता गैरेको माग छ । ‘संवाद सचिवको रुपमा नाम रहेका फणिन्द्रराज पाठक र यो समवेदना लेख्नका लागि बक्सने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनबमोजिम तत्काल कारबाही गरियोस्,’– उनले भने थप भिडियोमा हेर्नुहोस
प्रतिक्रिया