आदरणिय आमा पवित्रा खत्रीका नसोधिएका कथाहरु नामक आत्मकथा पुस्तक सार्वजनिक भएको छ । उक्त आत्मकथा पुस्तक छोरा डा श्याम केसीको पहलमा प्रकाशित भएको हो ।
डा केसीले यस पुस्तकबारे यस्तो लेखेका छन्, “आमाको आत्मकथा “नसोधिएका कथाहरू” यहाहरु समक्ष प्रस्तुत गर्न पाँउदा अत्यन्त्यै खुशी छु।
हामी मध्य कसैको कथा भनिएको हुन्छ, सुनिएको हुन्छ, पढाईएको हुन्छ।
तर कसैको कथा गुमनाम हुन्छ, आफूसँगै हराएर जान्छ। त्यो कथा न भनिएको हुन्छ, न सुनाईएको हुन्छ। यति सम्म कि त्यो कथा जान्न र बुझ्न कसैले चाहैकै हुन्न।
त्यो कथा सोधिएकै पनि हुन्न। हजुर पढ्दै हुनुहुन्छ एउटा त्यस्तै कथा मेरी आमाको कथा। त्यस्तै कथा- जुन आज सम्म सोधिएकै थिएन।
यो आत्मकथा केवल उहाँको नौ दशक भन्दा लामो जीवनको कथा मात्र हैन; संघर्ष, साहस, ममता र नारी शक्तिको दस्तावेज पनि बन्न पुगेको छ ।”
“नसोधिएका कथाहरू” पेपरब्याक र हार्डकभरमा उपलब्ध छ । छिट्टै इ–बुकमा पनि पढ्न सक्नुहुनेछ ।
पुस्तक पाइने स्थानः
किताब कुञ्ज, थापागाउँ, नयाँ बानेश्वर फोनः ०१–५२४५१११ ९७७-९८६८७५७५४९ थुप्रै डट कम (अनलाइन खरिदका लागि) thuprai.com
प्रतिक्रिया