अमेरिकी गृहसचिवको झोला चोर्ने सॅदिग्ध व्यक्ति पक्राउ पछि उनि अवैध रुपमा बस्दै आएको खुलासा

इनेप्लिज २०८२ वैशाख १४ गते १९:२८ मा प्रकाशित

अमेरिकी गृहसचिव  क्रिस्टी नोएमको झोला चोर्ने सॅदिग्ध व्यक्ति पक्राउ पछि उनि अवैध रुपमा बस्दै आएको खुलासा भएको एनविसिवासिॅगटनले जनाएको छ ।

संघीय सुरक्षा सचिव क्रिस्टी नोएमको मॅहगो गुची झोला

जसमा ३,००० डलर नगद र अन्य व्यक्तिगत सामग्री थिए ।

चोरी गर्ने आरोपमा एक अभियुक्त वाशिंगटन डी.सी.मा शनिबार पक्राउ परेका छन् ।

डिसी महानगर प्रहरी विभाग र अमेरिकी गुप्तचर सेवाले मिलेर आरोपीलाई समातेको न्यूयोर्क पोस्टले जनाएको छ। 

घटनामा संलग्न अर्का एक अभियुक्त अझै फरार छन् र उनको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्।

दुवै अभियुक्त अमेरिका भित्र अवैध रूपमा बसेका थिए भने अब अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिइ)पनि अनुसन्धानमा संलग्न भएको अन्तरिम अमेरिकी वकिल एड मार्टिनले एनविसि४ लाई बताएका छन्। मार्टिनका अनुसार नोएमलाई उनकै पदका कारण लक्षित गरिएको कुनै संकेत फेला नपरेको जनाए ।

पक्राउ परेका अभियुक्तलाई यो साताको सुरुवातमा अदालतमा प्रस्तुत गरिनेछ।

क्रिस्टी नोएमले फक्स न्यूजलाई दिएको बयानमा भनिन्, “पक्राउ परेका व्यक्ति लामो समयदेखि अवैध रूपमा हाम्रो देशमा बसेर आपराधिक गतिविधि गर्दै आएको एक पेशागत अपराधी हो।”

उनले थपिन्, “ईस्टर आइतबारमा परिवारसँग चमेनागृहमा खाना खाँदै गर्दा मेरो झोला चोर्ने अपराधीलाई पक्रनुमा गुप्तचर सेवा, आइसिइ र अन्य सुरक्षा निकायलाई धन्यवाद। दुर्भाग्यवश, आज अमेरिकाका धेरै परिवारहरू अपराधका सिकार भएका छन्, र त्यसैले राष्ट्रपति ट्रम्प प्रत्येक दिन अमेरिका सुरक्षित बनाउन र यस्ता आपराधिक आप्रवासीलाई सडकबाट हटाउन अथक प्रयास गरिरहनुभएको छ।”

प्रतिक्रिया