“कोलोराडो स्प्रिङ्सको गोप्य रात्री क्लबमा ठूलो कारवाही: ११४ अवैध आप्रवासी पक्राउ, लागूपदार्थ र हतियार बरामद”

इनेप्लिज २०८२ वैशाख १४ गते २०:०२ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको  स्प्रिङ्सको गोप्य रात्री क्लबमा ठूलो कारवाही हुदा ११४ अवैध आप्रवासीहरु  पक्राउ परेका छन्। 

साथै लागूपदार्थ र हतियार बरामद गरिएको सिविएसन्यूजले जनाएको छ ।

लागू प्रवर्तन निकाय(ड्रग इन्फोर्समेन्ट एजेन्सी)का अनुसार, आइतवार बिहानै कोलोराडो स्प्रिङ्समा भएको एउटा भोजबाट कम्तीमा ११४ जना अवैध आप्रवासीहरू पक्राउ परेका छन्।

सवारीसाधन तथा  विमानस्थल सडक नजिकै बिहान ३:४५ बजे गरिएको यो कारवाहीमा एफबीआई, आप्रवासन तथा भन्सार प्रवर्तन मदिरा, आन्तरिक राजस्व सेवा ,अमेरिकी सेना अपराध अनुसन्धान विभाग ,स्थानीय सुरक्षाकर्मी लगायत गरी ३०० भन्दा बढी अधिकारीहरू संलग्न थिए। 

कारवाहीको  क्रममा हतियार र लागूपदार्थ समेत बरामद गरिएको डिइएले जनाएको छ। सुरक्षा अधिकारीहरूले बताएअनुसार सो भोजमा करिब २०० जना सहभागी थिए।

पक्राउ परेकाहरूलाई आइसिइको जिम्मा दिइएको छ भने उनिहरुलाई निकट भविष्यमा देश निकाला गरिने सम्भावना रहेको छ।

प्रतिक्रिया