विश्वप्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइत मेरिल्याण्ड आउदै

इनेप्लिज २०८२ वैशाख १५ गते ०:५० मा प्रकाशित

अमेरिकाको भ्रमणको क्रममा विश्वप्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइत मेरिल्याण्ड राज्यमा आयोजना हुने कार्यक्रममा आउने भएका छन् ।

मोतियाबिन्दुको शल्यक्रिया बिश्वभरि नाम कमाएका बिश्वविख्यात डा सन्दुक अमेरिकाको विभिन्न राज्यहरुमा समेत आउने कार्यक्रम रहेको छ ।

डा रुइतको भ्रमणको क्रममा विश्वभरि नेत्र स्वास्थ्यको महत्त्व र विशेष गरी कम सेवा प्राप्त क्षेत्रहरूमा भइरहेको प्रयासबारे जनचेतना फैलाउने लक्ष्य रहेको छ।

डा रुइत मे १४ देखि जुन १ सम्म अमेरिकामा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने आयोजकले बताएका छन् ।

आयोजकका अनुसार मेरिल्याण्डमा मे २५ आइतबारका दिन हुनेछ । कार्यक्रम मेरिल्याण्ड राज्यको एजवुड शहरमा साँझ ६ देखि ९ बजे सम्म हुने भएको छ ।

Meet the “God of Sight” – Dinner & Conversation with Dr. Sanduk Ruit

Hosted By: Dr. Ruit in Maryland

1700 Van Bibber Road Edgewood, MD, 21040

TIME : 6:00 PM -9:00 PM

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला : https://app.tixfix.ai/events/view/edf31082-3ae8-40fc-a7b6-a41ae9891fa8/

प्रतिक्रिया