अप्रील २७, २०२५
कोलोराडो, अमेरीका
कोलोराडोमा मानसिक स्वास्थ्य सचेतना तथा आप्रवासी कानून सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएन कोलोराडो च्याप्टरको आयोजनामा वेष्टमिनिष्टर स्थित Drury Plaza Hotel मा अध्यागमन कानुन ज्ञाता वकिल बासु फुलाराको प्रमुख आतिथ्यता तथा एरोरा हेल्थ एण्ड रिकभरीका शोनम खनाल र जयराम लामीछानेको विशेष उपस्थितीमा शनिबार दिउँसो १२ बजे देखि ४ बजे सम्म कार्यक्रम सञ्चालन भएको हो ।
एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बतर्मान परिस्थितीमा Immigration law insight with attorney बारे जानाकारी तथा राष्ट्रपति ट्रम्पले जारीगरेका कार्यकारी आदेश र त्यसले नेपालीभाषी समुदायमा पार्नसक्ने प्रभावका बारेमा वकिल फुलाराले सहभागी बिच बिस्तृत अन्तरकृया गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले टिपीएस, बिध्यार्थि भिषा लगायत बिभिन्न भिषा स्ट्याटसमा रहेकाहरूलाइ बर्तमान परिस्थितीले पारेको प्रभाव र अवको प्रकृयाको बारेमा छलफल तथा जिज्ञासा राखेका थिए । समारोहमा उपस्थित सहभागीहरूले फुलारा समक्ष झण्डै ३ दर्जन भन्दा बढी ब्यक्तिगत तथा सामुहिक जिज्ञासाहरू राखेका थिए।
त्यसैगरी मानसिक स्वास्थ्य सम्बन्धी अरोरा मेन्टल हेल्थ एण्ड रिकभरीका सोनम खनाल र जयराम लामिछानेले आर्थिक कठिनाइ, पारिवारिक समस्या, पेशागत कठीनाइ लगायतका कारणहरूले मानसिक समस्या सुरूहुन सक्ने बताए । उनीहरूले यस्ता समस्याहरूलाइ बेलैमा पत्तालगाइ समस्या समाधान गर्ने प्रकृया तर्फ नगए त्यसले डिप्रेशनरूप लिने जनाकारी गराए । कार्यक्रममा लामीछाने र खनालले संयूक्तरूपमा सहभागीहरूको जिज्ञासाको समाधान गरेका थिए । उक्त कार्यक्रममा मोडरेटरको भूमिका सम्झना आचार्यले निर्वाह गरेकी थिइन ।
कार्यक्रममा कोलोराडोमा सकृय सबै संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्दी जिवी, ब्यवसायी, समाजसेवी, कलाकार, पत्रकार तथा नेपाली भाषी बा आमा दाजुभाइ, दिदीबहिनीहरूको उपस्थिती रहेको थियो । एनआरएन कोलोराडो च्याप्टरका बीओडी अमित अधिकारीले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत मन्तब्य मार्फत स्वागत गरेका थिए भने महिला सचिव संगीता लामा लामिछानेले कार्यक्रम संचालन गरेकी थिइन ।
कार्यक्रमका प्रमुख अतिथी बिशेषअतिथी तथा कार्यक्रम संचालनमा बिशेष सहयोग पुर्याउने सबैलाइ मायाँको चिनो प्रदानगरी सम्मान गरीएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष पौडेलले कार्यक्रममा उपिस्थत लगायत यस कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए ।
पत्रकार/लेखक
प्रतिक्रिया