अमेरिकी हवाई आक्रमणले यमनको आप्रवासी केन्द्रमा नरसंहार : ६८ को ज्यान गयो

इनेप्लिज २०८२ वैशाख १५ गते ११:१९ मा प्रकाशित

अमेरिकी सेनाले यमनको सादा प्रान्त (गभर्नोरेट)स्थित आप्रवासी हिरासत केन्द्रमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु भएको यमनको नागरिक सुरक्षा संस्थाले जनाएको छ।

सादा शहरमा गरिएको यो रातभरि चलेको आक्रमणमा थप ४७ जना घाइते भएका छन्। आक्रमण भएको केन्द्रमा करिब १०० जना अफ्रिकी आप्रवासीहरू राखिएका थिए।

अमेरिकी पक्षले अहिलेसम्म यो आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, अमेरिकी सेनाको केन्द्रिय इकाई (सेन्ट्रल कमाण्ड)ले यसअघि जारी गरेको वक्तव्यमा १५ मार्चदेखि सुरु भएको “तीव्र र स्थायी अभियान” अन्तर्गत ८०० भन्दा बढी लक्ष्यमा प्रहार गरिएको र सयौं हुथी लडाकू र नेताहरू मारिएको दाबी गरिएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मार्च १५ देखि इरान समर्थित हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी आक्रमण अभियान तीव्र पारेको हो, जुन अभियान पूर्व राष्ट्रपति जो बाइडेनको पालामा सुरु गरिएको थियो।

हुथीहरूद्वारा २०२३ अक्टोबरमा इजरायली माथि गरिएका हमलाको प्रतिशोधस्वरूप गाजामा इजरायली कारबाही सुरु भएपछि यमनबाट पनि अमेरिकी र ब्यापारिक जहाजहरू लक्षित हमला सुरु भएको थियो।

अमेरिकी सेनाका अनुसार हुथीहरूको क्षेप्यास्त्र प्रहार ६९% र मानवरहित यान (ड्रोन )आक्रमणहरू ५५% ले घटेको छ। साथै, रस इसा बन्दरगाह ध्वस्त पारिएकाले हुथीहरूको आर्थिक स्रोतमा गम्भीर चोट पुगेको बताइएको छ।

इरानले अझै हुथीहरूलाई सहायता गरिरहेकै छ “हामी दवाब अझ बढाउनेछौं, जबसम्म क्षेत्रमा स्वतन्त्र जलयात्रा र अमेरिकी प्रभाव पुनर्स्थापना हुँदैन।” केन्द्रीय इकाईले स्पष्ट पारेको छ।

प्रतिक्रिया