लाल सागरमा अमेरिकी नौसेनाको ठूलो क्षति : ६० मिलियनको युद्धबिमान समुद्रमा हरायो

इनेप्लिज २०८२ वैशाख १५ गते २२:५७ मा प्रकाशित

अमेरिकी नौसेनाको एफ/ए-१८ सुपर होर्नेट युद्ध बिमान समुद्रमा हराएको छ। युएसएस ह्यारी एस ट्रुम्यान विमानवाहक युद्धपोतबाट बिमान तानिँदै गर्दा नियन्त्रण गुमाउँदा इमान र तान्ने उपकरण (टो ट्र्याक्टर )दुवै समुद्रमा खसेको नौसेनाले सोमबार जानकारी दिएको छ।

प्रारम्भिक प्रतिवेदन अनुसार ट्रुमनले हुथी विद्रोहीको आक्रमणबाट बच्न तीव्र मोड लिएको कारण जेट समुद्रमा खसेको हो। हुथी समूहले लाल सागर अमेरिकी सेनाको विरोधमा मानव रहित यान र क्षेप्यास्त्र हमला गरेको दाबी गरेको छ।

सवै कर्मचारी सुरक्षित छन् भने एक नाविक सामान्य घाइते भएका छन्। नौसेनाले जारी गरेको वक्तव्यमा भनिएको छ, “एफ/ए-१८ई जहाजको जहाजभित्रको विमान भण्डारण क्षेत्र (ह्याङ्गर बे )मा तानिँदै गर्दा टोलीले नियन्त्रण गुमाउँदा बिमान समुद्रमा खसेको हो।” तत्कालै टोलीले आफैँलाई सुरक्षित स्थानमा हटाएको बताइएको छ। घटनाको छानबिन सुरु भइसकेको छ।

सिएनएनलाई दोस्रो अमेरिकी अधिकारीले जानकारी दिँदा युद्धबिमान समुद्रमा डुबेको पुष्टि गरेका छन्। एक एफ/ए-१८को मूल्य ६० मिलियनभन्दा बढी रहेको नौसेनाले उल्लेख गरेको छ।

ट्रुमन आक्रमक समूह अहिले मध्यपूर्वमा खटिएको छ । घटना बेला रेड सी (लाल सागर )मा तैनाथ थियो। ट्रुमन पछिल्ला महिनाहरूमा इरान समर्थित हुथी समूहद्वारा पटक–पटक आक्रमणमा परेको छ। फेब्रुअरीमा इजिप्ट नजिकै एउटा व्यापारी जहाजसँग ठोक्किएको घटनाले पनि यसलाई चर्चामा ल्याएको थियो।

डिसेम्बरमा युएसएस गेटीसबर्गले गल्तीले अर्को एफ/ए-१८लाई गोली प्रहार गरी खसालेको थियो तर बिमान चालकहरू सुरक्षितरूपमा बाहिर निस्किएका थिए

प्रतिक्रिया