साहित्यकार डा नीलम कार्की निहारिकालाई नेपाल सरकारद्वारा योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने घोषणा

इनेप्लिज २०८२ वैशाख १६ गते ०:०६ मा प्रकाशित

साहित्यकार तथा २०७४ की मदन पुरस्कार बिजेता डा नीलम कार्की निहारिका(विद्यावारिधि )लाई नेपाल सरकारले योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गर्ने घोषणा गरेको छ । उक्त पुरस्कारको राशी एक लाख नेपाली रुपैया रहेको छ ।

उहाले योगमाया उपन्यासमा मदन पुरस्कार २०७४ मा प्राप्त गर्नु भएको थियो । अमेरिकामा रहेर निरन्तर साहित्य सेवामा समर्पित हुनुहुन्छ ।

यो पुरस्कार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत माननीय मन्त्रिस्तरबाट २०८२ बैशाख ७ गते निर्णय भएको सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

यसै बर्ष उहाको अर्को ऐतिहासिक उपन्यास प्रकाशित हुदैछ ।

ईनेप्लिज परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना !

प्रतिक्रिया