चीनको उत्तरी लियाओनिङ शहरस्थित एक चमेनागृह (रेस्टुरेन्ट)मा भीषण आगलागी हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्। मङ्गलबार दिउँसो स्थानीय समय अनुसार १२:२५ बजे आगो लागेको बताइएको छ।
राज्यद्वारा सञ्चालित समाचार निकायका अनुसार आगो दुई देखि तीन तल्ले भवनको झ्याल र ढोकाबाट भीषण रुपमा निस्किएको थियो। घटनास्थलका तस्बिरहरूमा ज्वालामुखीजस्तै आगो निस्किरहेको देखिन्छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचारमा सम्पूर्ण शक्ति लगाउन, पीडित परिवारलाई सहायता गर्न र घटनाको यथाशीघ्र छानबिन गर्न निर्देशन दिएका छन्।
हालसम्म आगलागीको कारण खुल्न सकेको छैन भने अनुसन्धान कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। यो दुर्घटनाले चीनमा चमेनागृह (रेस्टुरेन्ट )र सार्वजनिक स्थानमा हुने सुरक्षा उपायहरूप्रति पुनः गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया