गोरे जेल चलानः खत्री पक्राउ परेपछि तस्करीको जरा पत्ता लाग्ने बयान (भिडियोसहित)

इनेप्लिज २०७५ जेठ १४ गते ९:१० मा प्रकाशित

विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पुर्पक्षको लागि जेल चलान भएका छन् । उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ। जिल्ला अदालत मोरङमा लिइएको ४ दिनको बयान र आइतबारको थुनछेक बहसपछिजिल्ला अदालतले उनलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत, मोरङका न्यायधिस नारायणप्रसाद शर्माको इजालसले उनलाईै कारागारमा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो । सनमको हत्यामा देखिएको
भिडियो, पक्राउ परको अन्य अभियुक्तहरुको बयान र गोरेकै बयानका आधारमा उनलाई जेल पठाउने आदेश गरिएको हो ।

संलग्नता स्वीकार

गोरेले अदालतसमक्ष दिएको बयानमा सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । तर, आफू नाइके नभएको उनको दावी छ । ३७ पृष्ठ लामो बयानमा
उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् ।

गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् । धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले
पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ ।

आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने सामान्य मानिस मात्र भएको जिकिर गरेका छन् । उनका अनुसार छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाउने गरेका थिए । सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने उनले बताएका छन् ।

प्रतिक्रिया