शेर्पा किदुग अमेरिकाले विश्व शान्ति तथा मानव समाजको सुख र समृद्धिको लागि पहिलोपल्ट एकलाख वज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गर्ने भएको सहर्ष जानकारी गराउँदछौं । दोस्रो बुद्ध भगवान पद्मसंभवको पुण्य तिथि टेल्दा छेचु (पाँचौं महिना) दशमीको पावन अवसरमा उक्त समारोह आयोजना गर्न लागिएको हो । उक्त एैतिहासिक कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न भुटानबाट परमपूज्य गुरु नाम्खी ङिङ्पो रिन्पोछे ज्यू सवारी हुने भएको छ। वज्रगुरु मन्त्र गुरु पद्म संभवको हृदय मन्त्र हो ।
नेपाल, भारत, तिब्बत, भुटान, मंगोलिया आदि हिमाली मुलुकहरुमा फैलिएको वज्रयान परम्पराको संस्थापक गुरु पद्मसंभवको चमत्कारिक आगमनको बारेमा भगवान गौतम बुद्ध स्वयंले आफ्नो जीवनको अन्तिम समयमा भविष्यवाणी गर्नुभएको थियो भएको थियो । भगवान बुद्धले परिनिर्वाण सुत्रमा भन्नु भएको छ “निकट भविष्यमा म ध्यानकोष नामक तालको बीचमा कमलको फूलबाट निर्माण कार्यको रुपमा पुनर्जन्म लिने छु, उक्त निर्माणकार्य म भन्दा धेरै शक्तिशाली हुनेछ । त्यति बेला म गुह्य मन्त्रको धर्म देशना गर्ने छु ।” सोही भविष्यवाणी अनुसार आठौँ शताब्दीताका वर्तमान अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने उड्डियानको धानकोष तालको बीचमा चमत्कारिक कमलको फूलबाट गुरु पद्मसंभवको जन्म भयो ।
पछि वहाँले वज्रयान तन्त्रको धर्म देशना गर्नुभयो जुन आज संसारभर फैलिएको छ । उनै गुरु पद्मसंभवलाई आव्हान गरी जपिने वज्रगुरु मन्त्रको महिमा अपरम्पार छ । वज्र गुरुको जप ध्यान गर्दा हुने फाईदाहरु ग्रन्थमा यस प्रकारले उल्लेख गरिएको छः स्वच्छ बोधिचित्त उत्पन्न गरी यो मन्त्र जप गरेमा सम्पूर्ण अकुशल कर्मका दोषहरु हट्ने छन् । जन्म, जरा, ब्याधि र मरणको भयबाट मुक्त हुनेछ । समाजमा सुब्यवस्था कायम हुनेछ ।
रोग र भोखमरी हट्ने छन् । झैझगडा र कलहहरु शान्त हुने छन् । युद्धहरुमा बिराम लाग्नेछन् । विश्वमा दिगो शान्ति र अमन चयन कायम हुनेछन् । आगामी जुलाई ११ देखि १४ तारीख सम्म शेर्पा किदुगमा आयोजना हुने कार्यक्रममा दैनिक ५० जना लामा गुरुहरुको साथमा सयौं उपासक उपासिकाले मन्त्र जप गर्नेछन् । उक्त पावन कार्यक्रम सुसम्पन्न गराउन एक समारोह समिति गठन गरिएको छ । उक्त समितिमा आवद्ध भई सेवा गर्न ईच्छुक सदस्य ज्युहरुले शेर्पा किदुगमा संपर्क गर्न बिनम्र अनुरोध गर्दछौं । हिमालयन बुद्धिस्ट कम्युनिटीसँग आवद्ध सम्पूर्ण लामा गुरुज्युहरुलाई सादर निमंत्रणा छ ।
अमेरिकामा पहिलो पटक हुन गैरहेको यस पुण्य कार्यको लागि आर्थिक, भौतिक या अन्य सहयोग गरी पुण्य आर्जन गर्न चाहने शान्तिप्रेमी महानुभावहरु, ब्यापारी, संघसंस्था र उपासक उपासिका सबैको सहयोगको लागि शेर्पा किदुग अमेरिका हार्दिक अनुरोध गर्दछ । कार्यक्रम संबन्धी थप जानकारीहरु शेर्पा किदुगको पेजमा प्रकाशित हुँदै जाने छ । कुनै जिज्ञासा भएमा निम्न फोन नंबरहरुमा समेत संपर्क गर्न सक्नु हुने छ । १ पासाङ् दिकी शेर्पा – (929) 245-3782 २ ङवाङ थम्जेन शेर्पा -(929) 328-5452 ३ दावा जाङ्बु शेर्पा – (646) 829-6148 ४ ल्हाक्पा तेन्जी शेर्पा – (347) 515-3064 ५ छिरिङ् टाशी शेर्पा – (917) 225-0851 ६. याङ्डी शेर्पा – 917 459 3456 ७. ग्याल्जेन शेर्पा – 1 (646) 1 (646) 462-5884 थुचिछे र धन्यवाद ।
उर्गेन शेर्पा अध्यक्ष
प्रतिक्रिया