प्रदेश नं. १ मा थप पिसिआर ल्याव सञ्चालन – दैनिक तीन सय परीक्षण हुने

मनोज दाहाल २०७७ वैशाख १९ गते २२:०६ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १९ वैशाख । प्रदेश नं.१ मा कोभिड –१९ का शङ्कास्पद विरामीहरुको प्रतिदिन तीनसय बढीको थ्रोट स्वाब परीक्षण हुने भएको छ।

विराटनगरमा रहेको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का सङ्कास्पद विरामीको स्वाव परीक्षण आजदेखि शुरु गरेको छ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको आज निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ को परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक तीन सय बढीको परीक्षण गर्न सकिने जानकारी दिनु भयो । उहाँले कोभिड–१९ को परीक्षणको मात्रा बढाउँदै लगेको बताउनु भयो।

प्रयोगशालामा दैनिक २० जना सम्मको ल्यावबाट परीक्षण गर्न सकिने बताउदै मन्त्री घिमिरेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार एक सय बढी र कोशी अस्पतालमा दुई सयजनासम्मको परीक्षण गर्न सकिने जानकारी दिनु भयो।

सो ल्यावमा कोभिड–१९ परीक्षणमा पोजेटिभ रिपोर्ट आएमा पुनः कोशी अस्पतालमा परीक्षण गरिने प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयबेन्द्र यादवले बताउनुभयो। उक्त ल्यावबाट यसअघि वर्डफ्ल्यु, स्वाईनफ्ल्यु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उहाँले बताउनुभयो।

प्रदेश सरकारले पिसिआर मेसिन र किट उपलब्ध गराएपछि प्रयोगशालाबाट स्वाब परीक्षण शुरु गरिएको हो।

कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण

प्रदेश सरकारलाई कोशी अस्पताल (कोभिड –१९) उपचार केन्द्रमा उपचार्थ विरामीका लागि आयुर्वेद औषधि व्यवसायी संघ नेपालले आज औषधि हस्तान्तरण गरेको छ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिस गरेका चार प्रकारका औषधि संघका अध्यक्ष जगराज गिरीले हस्तान्तरण गरेको हो।

संघले च्यवनप्रास अश्वगन्धा चुर्ण , गिलोय प्लस र तुलसी चिया हस्तान्तरण गरिएको छ।

मन्त्री घिमिरेले विरामीका लागि प्रयोगमा ल्याउन कोभिड १९ उपचार केन्द्रका चिकित्सकसँग समन्वय गर्न व्यवस्थापन समितिलाई निर्देशन दिनु भयो।\

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया