अमेरिकाका राष्ट्रपति बराक ओवामा को सल्लाहकार समिति सदस्य संग एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ l अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो l
उक्त कार्यक्रममा संजिता प्रधानलाई सहभागीहरुले बधाई दिनुको साथै भब्य स्वागत गरेका थिए l उक्त दूर संबाद माध्यमबाट गरिएको अन्तरक्रिया कार्यक्रममा अमेरिका तथा क्यानाडाबाट विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो l
कार्यक्रममा मन्तब्य राख्दै प्रधानले भूकम्प पिडित ,अस्थाई संरक्षण दर्जा (टिपीएस ),अन्य बिबिध बिषयलाई समेट्दै आफ्नो पदको भूमिका बारेमा बताएकी थिइन् l प्रधानले आफ्ना कुराहरु राख्दै कार्यक्रममा आफुलाई बोल्ने अवसर दिएकोमा हर्ष व्यक्त गर्दै संस्था तथा पदाधिकारीलाई धन्यबाद दिईन l आफ्नो काम निकै चुनौतीपूर्ण छ भन्दै आफु आएको ९ बर्षमा निकै मेहनत गर्नु परेको बताउदै आफु यस ठाउँमा पुग्दा अन्य एसियन समुदायमा एक प्रकारको जलन हुन् पनि सक्ने रहेको आफुलाई लागेको बताईन l
र ,आफ्नो काममा सम्मान भएकोमा आफुलाई खुशी लागेको बताउदै आफुले एसियन समुदाय संग काम गर्नु पर्ने छन् भन्दै आफु नेपाली समुदाय संग काम गर्न रुचाउछु भनिन l
प्रधानले अगाडी भनिन हामीले दोश्रो पुस्ताको लागि काम गर्नु पर्ने अपरिहार्यता रहेको विचार राख्दै नेपाली समुदायले समाबेसी हुनु पर्ने छ l समाबेसी भएमा हामी तल्लो स्तर बाट राज्य स्तर र राज्य स्तर बाट केन्द्रमा पुग्न सक्ने छौ भन्दै हामी सम्बद्ध छैनौ भनिन l उक्त कार्यक्रममा अधिकांस भूकम्प तथा अस्थाई संरक्षण दर्जा (टेम्पोररी प्रोटेक्टेड स्ट्याटस) बारेमा ज्यादा चर्चा भएको थियो l
नासिया(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)का जन सम्पर्क समितिका संयोजक प्राध्यापक डा नर काजी गुरुङले उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली र नेपालको हितको लागि बिशिष्ठ व्यक्तित्वलाई छलफलमा बोलाउने गरेको जानकारी गराएका थिए l
डा गुरुङले संजिता प्रधानको संक्षिप्त परिचय दिएका थिए भने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञासा राखेका थिए l संजिता प्रधानले सबैको जिज्ञासाको उत्तर दिएकी थिइन् l
संस्थाको तर्फ बाट डा गुरुङले धन्यबाद दिएका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सभापति राम चन्द्र बराल(बिद्या वारिधि )ले गरेका थिए l डा बरालले संजिता प्रधानलाई कार्यक्रममा स्वागत गर्दै बधाई दिएका थिए भने राष्ट्रपति ओबामाले प्रधानलाई नियुक्ति गरेकोले नेपाली समुदायमा रौनक आएको बताएका थिए l
प्रतिक्रिया