१०१ बर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

इनेप्लिज २०७७ भदौ २ गते १३:०४ मा प्रकाशित

काठमाडौं । एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ उहांको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।काठमाडौंको कपुरधारास्थित निजी निवासमा उहांको निधन भएको हो ।

उहां स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो । कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख जस्ता थुप्रै विधामा निरन्तर कलम चलाउदै आउनु भएका राष्ट्रकवि घिमिरेको खण्डकाव्य गौरी सवैभन्दा लोकप्रिय थियो ।

नव मञ्जरी, गौरी (शोककाव्य) मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उहांका चर्चित साहित्यिक कृतिहरु हुन् । राष्ट्रकविप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया