आज सम्पन्न गैरआवासीय नेपाली संघको भाषा ,साहित्य ,संस्कृति तथा सम्पदा प्रबर्द्धन समिती र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का पदाधिकारीको संयुक्त अनलाइन बैठकले आउदो श्री पन्चमीका दिन उन्नाइस बर्ष मुनिका गैरआवासीय नेपाली युवाहरू बिच अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।
बिजयी प्रथम हुने युवा कविलाई रु १ लाख र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने त्यसै गरिद्वितीय हुनेलाई ५० हजार ,तृतीयलाई २५ हजार र अङ्ग्रेजी बिधा तर्फका उत्कृष्टलाई २५ हजार र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।
कार्यक्रम आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्बज्ञ वाग्ले ( अमेरिका ) र सदस्यहरु महेश्वर पन्त ( अमेरिका ) , तिर्थ सङ्गम राई ( कतार ) , डा. केशव शर्मा ( अस्ट्रेलिया ),बिमला निरौला ( अमेरिका ),गणेश खडका ( अफ्रिका ),गिरिजा गैह्रे ( जापान ), बिष्णु माया बिभु ( नर्वे ) र महता घिमिरे चापागाईं ( अस्ट्रेलिया ) रहनु भएको छ ।
त्यसै गरि समितीको सल्लाहकारमा प्रा. डा. हेमनाथ पौडेल ( नेपाल प्रज्ञा प्रतिस्ठान ) , गैरआवासीय नेपाली संघका भाषा ,साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहनु भएको छ ।
बैठकमा अनेसासका अन्तर्राष्ट्रिय समितीका अध्यक्ष प्रकाश पौडेल माइला , वरिष्ठ उपाध्यक्ष गोबर्द्दन पुजा , महासचिव सर्बज्ञ वाग्ले लगाएत पदाधिकारीहरु र एनआरएनए भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापा , उपाध्यक्षहरु महेश्वर पन्त, हरि पौडेल , बेलुकाजी थापा , सदस्य सचिव भगवती बस्नेत लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि आगामी दिनहरूमा संयुक्तरुपमा कार्यक्रमहरु गर्द लैजाने समेतमा छलफल गरेको थियो ।
प्रतिक्रिया