नेपाली महिलाको ऐतिहासिक आन्दोलन आन्दोलन एक शताब्दि बजारमा

इनेप्लिज २०७७ पुष ७ गते १४:१८ मा प्रकाशित


काठमाडोै । महिला सुरक्षा दबाब समुहद्धारा प्रकाशित नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दि नामक पुस्तक एक समारोहका बीच लोकार्पण भएको छ।

लेखन कुञ्जमा भएको कार्यक्रममा राज्य ब्यबस्था तथा सुसाशासन समितिका सभापति शशी श्रेष्ठ , नेपाली काग्रेस संसद्धीय दलका सचेतक पुष्पा भुसाल , पुर्ब मन्त्री एवं जनता समाजबादीकी नेतृ हिसिला यमि , महिला सुरक्षा दबाब समुहकी अध्यक्ष साबित्री जंगम थापा ,बरिष्ठ पत्रकार एवं सो पुस्तकका सम्पादक टंक पन्त , महिला सुरक्षा दबाब समुहकी उपाध्यक्ष कल्याणी शाह , घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकालले सामुहिक रुपमा लोकार्पण गर्नुभएको पुस्तकमा नेपाली महिलाको सिगो इतिहास समेटिएको छ ।

लोपार्पंण समारोहमा उपस्थित हुन नसक्नुभएका बिभिन्न राजनीतिक दलका नेतृहरु , नागरिक संगठनका अगुवाहरु , महिला आन्दोलनका अभियान्ताहरु लगायत धरै जनाले भर्चुवल मार्फत सहभागि भएर सिगो नेपाली महिला आन्दोलनको इतिहास समेटिएको पहिलो ऐतिहासिक पुस्तक प्रकाशन भएको भनी शुभकामना सहित बधाई दिएका थिए।

घोष्टराइटिङ नेपालको प्रकाशन ब्यबस्थापनमा प्रकाशित सो पुस्तक ६ सय ५२ पृष्ठको रहेको छ । राजनीति , सामाजिक , महिला अधिकार तथा बिकास , प्रशासन र कानुन , शान्ति र सुरक्षा , आर्थिक बिकास , स्वास्थ्य र शिक्षा , धर्म संस्कृति र साहित्य , संचार, ट्ेड युनियन , संगीत र कला , खेलकुद र इतिहासका बिषयमा थुप्रै बिद्धानहरुले रचना लेखेका छन । राष्टपति बिधा भण्डारीले पनि शुभकामना दिनु भएको नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दि पुस्तकमा सेमेटिएका बिषयहरुले यो क्षेत्रमा काम गर्ने र अध्ययन अनुसन्धान गर्नेहरुका लागि निकै सहयोगी हुने बिश्वास लिइएको छ।

महिला सुरक्षा दबाब समुहकी महासचिब इर।दा गौतमले स्वागत गर्नुभएको लोकार्पंण समारोहमा राष्टपति बिधा भण्डारीले शुभकामना पठाउनुभएको थियो । पुस्तकमा नेपाली महिला आन्दोलन , माओबादी आन्दोलन र लैगिक दृष्टिकोण , राजनीतिक परिबर्तनमा महिला , लोकतान्त्रिक आन्दोलनमा महिला, नेपाली नारी त्यहा देखि यहां सम्म , राजनीतिमा महिला सहभागिता , राजनीतिमा महिला , नेपाली महिला आन्दोलनमा दलित महिला , सामाजिक क्षेत्रमा नेपाली महिला जस्ता ४१वटा बिषयमा रचनाहरु रहेका छन।

पुस्तक लोकार्पण गर्नेहरुले पुस्तक ऐतिहासिक भएको भन्दै महिला सुरक्षा दबाब समुह , घोष्टराइटिङ नेपाल , पुस्तकका सम्पादक बरिष्ठ पत्रकार टंक पन्त प्रति आभार ब्यक्त गरेका थिए । पुस्तक हार्ड कभर र सफ्ट कभरमा प्रकाशित भएको छ । पुस्तक ऐतिहासिक र महिला आन्दोलनबारे अध्ययन र अनुसन्धान गर्न चाहनेका लागि महत्वपुर्ण रहेको महिला आन्दोलन र मानब अधिकार आन्दोलनमा क्रियाशील बौद्धिक क्षेत्रले बताएको छ । तर कतिपय जातीय सोच र नकारात्मक सोच राखेर हिडने एकदुई जनाले एकादुइ ठाउमा प्रुफ बिग्रिएको देखेर नकारात्मक टिप्पणी गरेको भएपनि महिला सुरक्षा दबाब समुहले पहिलो पटक यस्तो ऐतिहासिक पुस्तक प्रकाशन गरेको समुहका सदस्यहरुले बताएका छन ।

प्रतिक्रिया