धार्मिक सहिष्णुता खल्बलिने र भातृत्व भाँडिने खतरा भएको परिस्थितिमा वैदिक सनातन धर्मको तथ्य र वास्तविकताहरु लेख्नैपर्ने आवश्यकता महसुस गरे।चुरो कुरो थाहा नपाउँदा तथाकथित पण्डितहरुको अर्धज्ञान,अहं र पाखण्डी स्वभावको कारणले धर्मलाई अपब्याख्या गरेको पाइन्छ।पबित्र गायत्री मन्त्रलाई पण्डित भनाउँदा टपरे बाहुनहरुले गोप्य राखेको कुरा त सर्वबिदितै छ।अन्धो मानिसहरुले छामेर हात्तीको आकार अनुमान गरेजस्तै धर्मको मर्म÷अर्थ बुझ्न सकेको छैनन् नेपाली जनताहरुले।धर्मको खाटी कुरो बुझाउन नसकेका पण्डितहरुमा र धर्मको भेउ पाउन नसकेका नेपालीहरुमा घैटोमा घाम लाग्ला कि भन्ने अभिप्रायले यो लेख सम्प्रेषण गर्दैछु।किनभने,बैदिक सनातन धर्मको यथार्थतालाई आत्मसात गरी सोही अनुरुपको व्यवहारिक जीवन अपनाउनु हाम्रो अहं कर्तब्य हो।
वैदिक वेदमा दिएको शिक्षाअनुरुप चलेको समाज र संस्कारहरु ।
सनातन अति प्राचीन, आदिमकालदेखि, सृष्टिको सुरुवातसँगै ।
धर्म अन्तरनिहीत गुृणलाई धारणा गर्नु । उत्तरदायित्व बहन गर्नु । सत्मार्गमा हिड्नु प्रकृतिको नियमको पालना गर्नु, कर्मको फल प्राप्ति ।
यहाँ भनिएको शब्दार्थअनुरुप जाने हो भने अति प्राचीनकालदेखि वैदिक संस्कार अनुसार चलिआएको धर्म नै बैदिक सनातन धर्म भन्ने बुझिन्छ । वेद भनेको ज्ञानको भण्डार र ईश्वर प्राप्तिको सुमार्ग हो । यो अगाडिको कल्पसम्म वेद हावामानै ध्वनीको रुपमा तरङ्गीत हुन्थ्यो र तन्त्रका ज्ञाताहरुले मात्र वेद पढ्न सक्दथे । यही कल्पको तेत्रायुगमा नेपालको दमौलीमा जन्मनुभएका महर्षि वेदव्यासले ४ वेद १८ पुराणलाई संस्कृत भाषामा लिपिबद्ध गरिदिनुभयो।हिजो आज पश्चिमेलीहरुले हाम्रो भाषालाई ईश्वरको भाषा The Language of Godन्यम भनेर बुझ्न थालेका छन्।जगत कल्याणको निम्ति लेखिएको चार वेद भित्र ईश्वर, योग–ध्यान, असल जीवन पद्दति, ज्योतिषशास्त्र, बास्तुशास्त्र, अर्थशास्त्र, कला–संगीत साहित्य, आयुर्वेद,बैज्ञानिक आविष्कारहरु आदि इत्यादी कुराहरु उल्लेख गरिएका छन्।सम्पूर्ण साहित्य,बैज्ञानिक आविष्कार र धार्मिक ग्रन्थहरुको मूलश्रोत भनेको वेद नै ह ।
धर्म के हो ? निधारमा खरानी धस्नु, रुद्राक्षको माला जप्नु, पहेंलो पहिरन लगाउनु, मन्दिरमा गएर घण्टी हल्लाउने लाई धर्म भनेर आममानिसले बुझ्दै आएका छन् ।तर वास्तवमा यस्ता कार्यहरु आत्मा शुद्धिकरणको लागि गरिएको धार्मिक कार्य भन्न मिल्छ तर धर्म भने होइन।‘धर्म धारयते इति धर्म’ भनेर भागवत गीतामा भनेझैं धर्म भनेको आफ्नो गुण ‘धारणा’ गर्नु हो–उत्तरदायित्व बहन गर्नु हो।उदाहरणको लागि खुर्सानीको गुण पिरो हुनु,कागतीको गुण अमिलो हुनु हो।खुर्सानी पिरो र कागतीको अमिलो भएन भने यि चिजहरुको अर्थ नै हुदैन।त्यस्तै, पानीको धर्म शितलता दिनु÷प्यास मेटाउनु हो।आगोले सानो ठूलो धनी गरिब यो या त्यो भन्दैन,डढाउँदछ किनकि आगोको धर्म नै पोल्नु÷डढाउनु हो।त्यसैगरी न्यायाधीशको धर्म पीडितलाई न्याय दिनु हो भने प्रहरीको धर्म कानुन पालना गराउनु हो। राजनेताको धर्म भनेको राष्ट्र र जनतालाई सर्वोपरी ठानेर सेवामा समर्पित हुनु हो।राजाको धर्म भनेको स्नेही पिता बनेर राष्ट्र चलाउनु हो।धर्म छोड्यो भने आफ्नै अस्तित्व बिलाउँदै जान्छ।सिँउडी रोपर सूर्यमुखी फूलको आश गर्नु मूर्खता हुन्छ।बिडम्बना ! धर्मको मर्म कसैले बुझेन्न र घिनलाग्दो कुकृत्य गर्दै हिडें सबैले। फलस्वरुप, निर्दोष नेपाली जनताहरुले धर्मको सहीरुप देख्न पाएनन र सबैमा बितृष्णा जाग्यो।
यसरी हेर्दा वैदिक सनातन धर्म ईश्वर प्राप्तिको सुमार्ग देखाउने र सभ्य सुसंस्कृत समाजको निर्माण गर्ने ज्ञानको भण्डारको रुपमा फैलिएको संजाल हो।कुनै एउटा जाति बिशेष वा समुदायले अपनाएको संस्कार वा दर्शन हुँदै होइन।यहाँ सूर्य (अग्नी), पञ्चतत्व (प्रकृति) को पूजा÷उपासना गरेको मात्र पाइन्छ।हुन पनि सूर्य र प्रकृतिको अनुपस्थितिमा कुनै पनि जीव–जीवात्मा र बनस्पतिको अस्तित्वको कल्पना पनि गर्न सकिदैन।ब्रम्हाण्डका श्रृष्टिकर्ता सत्गुरु गोरखनाथ शिव बाबा प्रकृतिका मालिक, नागराजा–परम ज्योति हुनुहुन्छ ‘शिव’ भनेको प्राण हो । शिवको ( ईश्वर ) ई उडेर गएपछि हामी शव (मुर्दा) मा परिणत हुन्छौ।बिष्णुलाई पालनकर्ता र महेश्वरलाई संहारकर्ता (पुनः श्रृष्टिको खातिर भष्म गर्ने) को रुपमा बैदिक सनातन धर्मले भन्दै आएको छ।कल्प युग र देशकाल परिस्थिति अनुरुप देव–देवताहरु, ऋषिमुनिहरु,धर्मप्रबर्तक र शान्तिका दूतहरु यस धर्तीमा आउने गर्दछन्।सबैलाई सत्गुरु गोरखनाथ ‘शिव’ बाबा बाट खटाइएको हुँदोरहेछ।सबै धर्म समुदायको पबर्तकहरुले म ईश्वरको पुत्र हुँ The Language of God कयल या न्यम भनेका नै छन्।बाबा सत्गुरु गोरखनाथ ब्रम्हाण्डको परमज्योति स्वरुप भएतापनि हामी सबै जीव जीवात्माको कण–कणमा बास गर्नुहुन्छ।कुनै घमण्डी भौतिकवादीले अहिले अध्यात्मलाई खैरो खनेता पनि पछि उसले बुझ्दै जान्छ “म अदृश्य शक्तिद्धारा संचालित छु।प्रकृतिको नियममा बाँधिएको छु ,बिज्ञानको अन्त्य भएपछी अध्यात्मको शुरुवात हुनेरहे छ” भनेर आत्माज्ञान जाग्न थाल्दछ।स्मरण रहोस्,आफ्नै दर्शन अनुरुप संस्कार मान्दै आएको कुनै समुदाय वा जाति बिशेष लाई सम्प्रदाय भनिन्छ । समस्त प्रकृतिपुजक, हिन्दु, बौद्ध, स्लाम, शिख, क्रिश्चियन, यहूदी, जैन इत्यादी सम्प्रदायहरु ॐकार परिवारभित्रकै सदस्यहरु हुन्।ठाँउ र भाषाको कारणले उनीहको दर्शन थोरै फरक भएतापनि मुख्यत बैदिक सनातन धर्मले भने जस्तै असल मानिस बन,कर्म शुद्धिकरण गर,प्रकृति र सकल प्राणीलाई प्रेम गर भन्ने कुरा नै सबै सम्प्रदायदायहरुको धर्म हो जसलाई मानब धर्म भनिन्छ।बाटो र बिधिमात्र फरक छ,गन्तव्य एउटै छ।सबै धर्महरुमा–पञ्चशील,सदाचार,सत्मार्ग,मानबता,कर्मको फल र ईश्वर प्राप्ति जस्ता मूलभाव एउटै हुन्छ।उच्चाहरणमा थोरै फरक भएतापनि सबै धार्मिक सम्प्रदायदायहरुले ॐको उच्चारण गरेका हुन्छन्।सूर्य र पञ्चतत्व (प्रकृति) लाई पूजा गरेकै हुन्छन्।नाग–त्रिशुल र शिवलिंगलाई सबैले आराधना गरेकै हुन्छन्।त्यसैले हामी नेपालीहरुले अल्मलिनुपर्ने ठाउँ छैन।पुरातात्विक खोज अनुसारनै पनि बैदिक सनातक धर्म करिब ३ लाख बर्ष अघिदेखि चलिआएको ईश्वर प्राप्ति सत्मार्ग र मानब धर्म हो।बिश्वमा प्रचलित अहिले देखिएका प्रकृतिपुजक,हिन्दू,बौद्ध मुस्लिम,यहूदी,क्रिश्चियन,सिख जैन,टाओ,आदि इत्यादी सबै धार्मिक समुदायहरु हाम्रो बैदिक सनातन धर्मको हाँगाहरु हुन्।मान्ने तरिका र बाटो फरक भएतापनि सबै धार्मिक समुदायहरुको भाव,नीति र गन्तव्य एउटै छ– वैदिक सनातन धर्मले सिकाएजस्तै पञ्चशीलको पालना, कर्म शुद्धिकरण, सत्मार्ग, मानबता, ब्रम्ह्ज्ञान र ईश्वर प्राप्ति।यी कुराहरु नै सबै धार्मिक समुदायहरुको साझा धर्म हो।
बैदेकि सनातन धर्मको उद्गमस्थल नेपाल नै हो।नेपाललाई अघिल्लो युगहरुमा सत्यवती, तपोवती, मुक्ति दायिनी र नेपाल मण्डल भनेर भनिन्थ्यो।यही पूण्यभूमिबाट बिभिन्न धार्मिक समुदायहरुको प्रादूर्भाव भयो।त्यसैले नेपालमा धार्मिक स्वतन्त्रता दिनुमा केही आपत्ति छैन तर उसले आफ्नो धर्मको मूल मर्मलाई आत्मसात गरेको हुनुपर्दछ।कुल पितृ र नागलाई मानेर आफ्नो संस्कारहरुलाई निरन्तरता दिनुपर्दछ।नेवारले गुरुङको चलन÷सँस्कृति अपनाएको पटक्कै सुहाउँदैन भने क्रिश्चियनहरुले पनि बौद्धमार्गीहरुको संस्कार अपनाएको उचित हुँदैन।जो जे छ,त्यही ठिक छ।एउटा धार्मिक समुदायले अर्को धार्मिक समुदायको निन्दा गरेको कदापि राम्रो होइन।हाम्रो धर्म राम्रो –तिम्रो चाँहि चाम्रो भन्ने तर्कबितर्कले धार्मिक सहिष्णुता कदापि ल्याउन सक्दैन।नेपाल राष्ट्र सबै धार्मिक समुदायको उद्गमस्थल, फूलबारी र आश्रयस्थल भएको हुँदा कुनै एक बिशेष धर्मको नाउँमा राजनीतिकरण गरिनु हुँदैन।अनगिन्ति सभा र छलफल गरेतापनि ‘छल’ जनतालाई दिने र ‘फल’ आफूले खाने सुँगरस्वाँठ नेताहरुको नियत राम्ररी बुझेका छन् नेपाली जनताले अब । झिंगाँ र मौरी छुट्याउन,हिलो र चन्दन,काँस र कुस राम्ररी छुट्याउन सक्ने भैसके नेपालीहरु अब।जिब्रो चपाएर बोल्ने धार्मिक अगुवाहरुले अस्ति भर्खर जन्मेका धार्मिक सम्प्रदायहरुको बुई चढेर आदिम युगदेखि चलिआएको नेपालको वैदिक सनातन धर्ममा प्रदुषण फैलाउने दुष्प्रयास मात्र गरेका हुन्।
हिन्दू सम्प्रदाय :गहिरो खोज अनुसन्धान आर्यहरु मध्य एशियाका प्रकृतिपूजक समुदाय भएको पुष्टि गरेको छ।उनीहरुको बासस्थान तत्कालीन सिन्धुघाँटी (भारत र पाकिस्तानको बीच) भएको र यिनै सिन्धुबासीहरुलाई पर्सियनहरुले प्रष्ट उच्चारण गर्न नसकी (भाषिक अपभ्रंस भै) सिन्धुलाई ‘हिन्दू’ भन्ने गर्दथे । सिन्धुघाँटीको पुरातात्विक उत्खननमा तिनीहरुले नेपालको ‘पशुपति’ मुद्रा प्रयोग गरेको पाइयो।तिनै ‘हिन्दू’ भनिने सिन्धुबासीहरुको अग्नि,नाग र प्रकृति पूजा,योग ध्यान,ब्रम्ह्ज्ञान जस्ता वैदिक संस्कारहरु भारतबासीहरुले अपनाउँदै आए।पुरातात्विक खोजअनुसार हिन्दूहरुले इतिहास ३५०० देखि ४००० बर्षसम्मको मात्र छ।तिनै हिन्दूहरुको ‘नासो’ (तत्कालिन बिशाल नेपालका तर अहिले इण्डियाका) बिबेकानन्द,परमहंश,शंकराचार्य जस्ता धार्मिक नेताहरु आत्मासाथ गरी ‘हिन्दू’ नाम (Brand-name)मा धर्मको प्रभाब फैलाउँदै गए।‘हिमालयं समारभ्यं यावत इन्दु सरोबरम् तम् देव निर्मित देशं हिन्दुस्थान प्रच्छयते’ अर्थात, देबताहरुले बनाउनु भएको हिमालदेखि मकवानपुरको इन्द्र सरोबर सेरोफेरोको भुभाग (देश) मा बस्ने सभ्य र सुसंस्कृत मानिसहरु लाई हिन्दु भनिन्छ भनेर उनीहरुले नै ब्याख्या गरिदिए।र यिनै सुसंस्कृत आर्यहरुको धर्म संस्कार अंगाल्दै गए।उनीहरु पनि हिनताबाट दूर .हिन्दू,समभावको दृष्टि राख्ने धार्मिक समूहको रुपमा आफूलाई स्थापित गराउन खोजिएको पनि देखिन्छ।तर ती हिन्दूहरुले मानीआएको÷पूजी आएको चाडपर्व धार्मिक प्रचलनहरु त नेपालमा वैदिककालदेखि नै चलेको प्रचलनहरु हुन्।रामायण तेत्रायुगको रामराज्यको घटना वर्णित महाकाव्य हो भने महाभारत द्धापर युगको कृष्णको पालामा भएको पाँच पाण्डव र कौरवहरुबीच भएको युद्ध वर्णन गरिएको महाकाव्य हो।जस्तो कि तिहारमा खेलिने देउसी रे….., बली राजाले पठाका…., तेत्रायुगदेखि चलिआएको प्रचलन हो।४ हजार बर्षअघि जन्मिएको हिन्दूहरुको चार्ड भनेर कसरी पत्याउनुहुन्छ ? पण्डित शंकराचार्यको नेपाल यात्रा पश्चात मात्र हिन्दू धर्म भन्ने शब्द चर्चामा आयो।त्यो भन्दा अगाडि नेपाललाई ‘वैदिक सनातन धर्म नेपाल राष्ट्र’ भनेर सम्बोधन गरिन्थ्यो।अतः नियतको ख्याल राख्ने हो भने क्रिश्चियनहरुले बाइबल बाँडेर समर्थकहरु बटुल्नु र भारतीय हिन्दूहरुले हाम्रै गीता बाँडेर अनुयायीहरु बटुल्नु कुरो एउटै हो । टाँसेको जुँघा चिन्न सकेनन्।नेपाली जनताहरुलाई भ्रममा पारिदिए हात्तीमाथि राखे पनि हात्तीले चप्पल टेके पनि केही नहुने भनेको जस्तै कुरो भयो।बिवाह पश्चात छोरी अन्मिएर घर गएको कुरा हामीले बिर्सीएर उनी माइत आएको मात्र देखेजस्तो कुरा हुन आउँछ ।हाम्रो वैदिक सभ्यतालाई आर्य (हिन्दू) हरुले पैचो लिएर गएको कुरा हामीहरुले बिर्सियौ र उही सभ्यता संस्कार घुम्दै फिर्दै नेपालमा हिन्दू नामको धर्म भित्रिएको कुरामात्र देख्यौ र त्यही धार्मिक समुदायको चर्को नारा सुनेर मख्ख पर्यो ।बाउ बाजे र पूर्खा भुसुक्क बिर्सियौ।कताकता घैटोमा घाम लागेर होला ‘वैदिक सनातन धर्म हिन्दू राष्ट्र भनेर कुर्लिन पनि थालिएको छ आजकल।जुन शब्दावली अत्यन्त बिरोधाभाषपूर्ण छ।बूढो बाजेकोNew पेडा पसल भनेजस्तै हो।कहाँको वैदिक सनातन धर्म कहाँको अस्ती भर्खर जन्मेको चल्ला हिन्दू धर्म।उनीहरु पनि हाम्रै बैदिक सनातन धर्म मान्छन भनेर बुझ्नु पर्दछ।स्मरणरहोस्,हिन्दू शब्द नेपाल र भारतको पुरानो शब्दकोष, शास्त्रहरुमा कतै पनि उल्लेख भएको पाइँदैन।
बौद्ध सम्प्रदाय : २५२६ बर्षअघि नेपालको लुम्बिनी–कपिलबस्तुमा जन्मिनुभएका शाक्यकुलका सिद्धार्थ गौतमले दरबारको सुखसयल परित्याग गरी सत्यको खोजीमा लाग्दा अनाचक बोधीज्ञान प्राप्त भयो।उक्त ज्ञान ४ आर्य सत्यहरु र अष्टाङ्गीक मार्ग नै बौद्ध सम्प्रदायको मुल सारतत्व हो।बौद्ध धर्मका प्रबर्तक÷शान्तिका दूत भनेर विश्वले भगवान बुद्धलाई पूज्दै आएको छ।भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा राखिएको ‘अशोक स्तम्भ’ देवान पियन पियदासिन वितसिवसा भिसितेन ……ज्वलन्त प्रमाण हुँदाहुँदै पनि इन्डियाले नक्कली लुम्बिनी बनाएर बुद्ध इन्डियामा नै जन्मिएको भ्रम फिजाउने दुष्प्रयास पनि गरेको थियो।मत्स्य कुमो बराहश्च नरसिंह वामन : रामो रामश्च रामश्च बुद्ध कल्की तथै व च ।। भनेर बैदिक धर्मशास्त्रले बुद्धलाई विष्णुका १० औं अवतारको रुपमा चिनाएको छ।त्यसो हुनाले बौद्ध सम्प्रदाय पनि वैदिक सनातन धर्मको हाँगो हो।लुम्बिनीमा प्रादूर्भाव भएको बौद्ध सम्प्रदाय आज चीन तिब्बत,थाइल्याण्ड,कोरिया,जापान, बर्मा, भियतनाम,मलेसिया, श्रीलंका,भारत,अमेरीका,यूरोपका धेरै राष्ट्रहरुमा स्थापित धर्मको रुपमा लिइन्छ।पश्चिमेली मुलुक त बौद्ध धर्मप्रति आकृष्ट छन्।अनुयायी बनेका छन् तर पनि बौद्ध धर्म वैदिक सनातन धर्मको अंश÷पुत्र भनेर भेउ पाउन सकेका छैनन्।
स्लाम (मुस्लिम) सम्प्रदाय : करिव १४५० बर्षअघि स्लाम÷मुस्लिम सम्प्रदाय सुरुवात भएको हो।मुस्लिम सम्प्रदाये मान्ने अल्लाह,बाबा गोरखनाथको रातशक्ति Night Energy को रुपको हो।दाङ्ग जिल्लाको चौघेरामा प्रकट हुनुभएका रतननाथ नै अल्लाह हुनुहुन्छ।वहाँ पंजाब हुदै अरबमा दिब्य ज्ञान सिकाउन जानुभएको थियो।मुसलमानहरु बहाँलाई हाजी रतन भनेर पूजा गर्न थाले।यहि हाजी बाट हर्ज (मुसलमानहरुको तिर्थ) शब्द उत्पति भएको हो।मुसलमानहरुले चन्द्रमालाई पूजा आराधना गर्दछन्।मुसलमानहरुले मान्ने चार्ड ‘इद’ र नेपाली नारीहरुले मान्ने ‘तिज’ पर्वमा तात्विक फरक केही पनि छैन।चन्द्रमाको उपासना,शिवलिंग पूजन र उपवास बिधि,ॐ ध्वनीको उच्चारण आदि हुबहु मिल्दछन्।अझ ४ वर्षअघि त ‘इद’ र ‘तिज’ चाड एकै दिन पो परेको थियो।उनीहरुले पनि ‘खुदाकी बयान’ भनेर हाम्रै भागवत गीता पढछन्।मुसलमानहरुले पढ्ने कुरान बैदिक पुरान नै हो।मात्र ठाउँ र भाषिक उच्चारणले गर्दा पुराणलाई कुरान भनिएको हो।शुन्नी मुसलमानहरुदले झन् राम्ररी बैदिक संस्कार मान्दथे।शुरुका मुसलमानहरुको कुरा गरेको नी मैले हिजोआजका प्रदुषित मुसलमानको कुरा होइन नी फेरी।जे होस् मुहम्मदका पूर्खा ब्राह्मण कुलका पुत्र भएको पुष्टि भैसकेको छ।मौलान महमद रहीम र रसखान जस्ता मुस्लिम सम्प्रदाय धर्मगुरुहरु परम कृष्णभक्त थिए।मुस्लिम समुदायमा ईश्वर सम्म भेट गराइदिने पुजारीहरुलाई ‘मौला’ भन्दछन्।जुन कुरा हाम्रो नेपाली समाजमा पोखरी बीचमा राखिने काठको खम्बा ‘मौला’ को अर्थ पनि उही नै हो।उनीहरुले भन्ने रामजान पर्व,रामलाई चिन–रामलाई जान भन्दै आध्यात्मिक जागरणको अभियानमात्र हो।वैदिक धर्ममा पूजिने ६४ शिवमलिंग मध्येको मक्केश्वर शिवलिंगलाई मुस्लिमहरुले पुज्ने भएकोले त्यो ठाउँको नाउँ नै मक्का भएको हो।मुस्लिमहरुले मक्कामा (मक्केश्वर महादेव) शिवलिंगलाई नै पूजा गर्दछन् र मस्जिदहरुमा अनिवार्यरुपमा त्रिशूल (तीनवटा शुल दुःख नासक) राखिएको नै हुन्छ।बिश्वको ७ औ आश्चर्यको सूचीमा सूचीकृत ताजमहल कुनै एकै जमानाको अलङ्केश्वर शिव मन्दिर भएको कुरा पुष्टि भैसकेको छ।संस्कृतमा ‘तेजो महाशय’ भनेर शिवज्योतिको स्थान भनेर भनिन्छ।यही तेजा महालय कालान्तरमा भाषिक अपभ्रंस भै तेजो महालय तेजो महालय हुदै .ताजमहल भनिएको हो।लाहोरमा कमाई गरी फर्की आउने युवकलाई लाहोरे लाहोरे भन्दै लाउरे शब्द बनेको जस्तै हो।जेहोस्,अमेरिकाका पुरातत्वविद्हरुले ताजमहलको ढोका निर्माणकर्ता भनिएका शाहाजहाँ भन्दा ३०० बर्ष पुरानो भनेर प्रमाणित गरिदिएका छन्।यसको गजुरमा राखिएको त्रिशूल र वैदिक बास्तुअनुसार निर्माण हुने गोरखनाथ ‘शिव’ मन्दिरसँग ठ्याक्कै मिल्दछ।यसरी हेर्दा मुस्लिम सम्प्रदाय पनि वैदिक सनातन धर्मको अभिन्न अंगको रुपमा फैलिएको देखिन्छ। सुरुवातका मौलानहरुले वैदिक सनातन धर्मलाई आत्मसाथ गरी पदचाप पछ्याएता पनि धेरै पछिल्लो समयमा तथाकथित अर्धज्ञानी पाखण्डी मौलानहरुले चाँजोपाँजो मिलाउने बहानामा आफ्नो सम्प्रदायलाई पृथक बनाउने कुचेष्टा गरेकामात्र हुन्।पुराना मुसलमानहरुले लगाउने टोपी र नेपाली टोपी हुबहु मिल्छ, यसो याद गर्नुस् त ? प्राचिन हरिद्धार चतराको बराह क्षेत्रमा त झन. हिन्दु मुसलमानहरु एकै ठाँउमा पूजा गर्छन।मुस्लिमहरु पनि हाम्रै भाईहरु हुन्,त्यसैले त अहिलेसम्म पनि नेपाल राष्ट्रको ढुकुटीबाट मक्कामा हर्ज गर्न जाने नेपाली मुसलमानहरुलाई पैसा दिइन्छ, खै त कुरो बुझेको ?
क्रिश्चियन सम्प्रदाय : करिब, एक अर्ब क्रिश्चियन धर्मावलम्बीहरुको आस्थाका धरोहर यशु क्रिष्ट पनि नेपालमा आएर गोरखनाथ बाबाबाट आशीर्वाद लिनुभएको थियो। ‘इशापुत्रञ्चमा विद्धि कुमारी गर्भ सम्भवम्” भनी संस्कृतमा लेखिएको बाक्यले यशुक्रिष्ट कुमारी (देवी) को जन्मस्थान काठमाडौसम्म आएको कुरा प्रष्ट हुन्छ।पाल्पा जिल्लाको रुरु रिडीमा कडा तपश्या पश्चात यशु क्रिष्टले सिद्धी प्राप्त गर्नु भएको थियो।बाबा गोरखनाथबाट आशिर्बाद पाएपछि वहा ईशानाथ (ईश्वरको पुत्र) हुनु भयो।त्यही भएर वहाँले आफुलाई ‘ईश्वरको पुत्र’ भन्नु हुन्थ्यो।त्यसपछि जिजस क्राइष्ट गलेश्वर हुदै मुक्तिनाथको दर्शनमा निस्कनु भएको थियो।यसरी जिजस क्राइष्टको १८ बर्षको रहस्यमयी जीवन हाम्रो नेपालको हिमालय पर्बतको बक्षस्थलमा योग ध्यान र तपस्यामा बितेको कुरा पुष्टि हुन्छ।उक्त समयमा कृष्णको नीतिको ठूलो महिमा थियो।यशु क्रिष्टलाई पनि भगवान कृष्णको नीति शिक्षा खुबै मन पर्यो र सत्य सबैलाई बाँड्ने उद्देश्यले पश्चिममा कृष्णको नीति सिकाउन थाल्नुभयो तर भाषिक अपभ्रंस भै कुरिसुना नीटि : कुरीसुना नीटी भन्ने क्रममा क्रिश्चियानीटी (Christianity) भन्न पुग्यो।क्रिश्चियानीटी धर्मको मुल मर्म÷भाव हाम्रो वैदिक सनातन धर्मसँग ठ्याक्कै मिल्छ।यशु क्रिष्ट पनि आर्यपुत्र नै थिए।वहाँकी आमा मेरीले साडी र चौबन्दी चोलो लगाउनुभएको मुर्ती म्याक्समिलियन गीर्जाघरमा राखिएको छ।म्यूनिक आर्ट ग्यालरीमा राखिएको यशुको मूर्ति पनि सन्यासी महात्माको जस्तो जनै र टुप्पी राखेको अबस्थामा छ।हामीले भन्ने ‘सन्त’ शब्द नै उनीहरुले भन्दै जाँदा Saint St। बनेको हो भने हाम्रो पुजारी शब्द अपभ्रंस भै पादरी र पछि फादर भएको हो।Pope बसेको Veticancity पनि सँस्कृत शब्द बाटीका (बगैँचा) कै बिशेषण जडित अपभ्रंस शब्द हो।यति सम्मकी यशुक्रिष्टले शुलीमा चढ्दा टाउको वरिपरि बेरिएको काँडेलहरा कुकुर डायनाको लहरा नेपालबाटै लगेका थिए।यो कुकुरडायना आज पनि नेपालमा भूत प्रेत पिशाच शैतानी शक्ति भगाउनको लागि आज पनि तन्त्र बिधामा प्रयोग हुन्छ।वहाँको अन्तिम स्वास पनि नेपालको पुण्यभूमिमा पर्ने गरी योगासनमा ७० वर्षको उमेरमा प्राण त्याग गर्नुभएको थियो।स्मरणरहोस्,विशाल नेपालको नक्साअनुसार यशु क्रिष्टको चिहान राखिएको काश्मिरी भूभाग हाम्रै नेपालको भूमि हो।
यसरी क्रिश्चियन सम्प्रदाय पनि हाम्रै बैदिक सनातन धर्मको पदचापमा हिडेको देखिन्छ।अहंस्वभावले बाइवल बाँडिरहनु पर्दैन,बाइबलको गुरु यहि छ।फरक यत्ति छ कि बाइबल अँग्रेजी भाषामा लेखिएको छ तर सबै हाम्रै वेदको कुराहरु।अफसोच, शुरुको बाइबलको धेरै अध्यायहरु लुकाइएको छ,र आफ्नो चाहाना अनुसार परिमार्जन गर्दा बाइबल चाहि हाँसउठने दन्त्य कथा बनेको छ।बैदिक श्लोक सहितको सक्कली बाइबल चाँहि लुकाइएको छ।त्यसैले, नेपाली दाजुभाइहरुलाई अनुरोध गर्दछु कि क्रिश्चियनहरुलाई पनि डेरो नजरले कदापि पनि नहेर्नुहोस्।वहाँहरु पनि हाम्रै भाइ बहिनीहरु हुन्।वहाँहरुले नेपाललाई नै प्रिय गन्तव्य बनाउनुको गहिरो रहस्य भनेको बाइबलमा वर्णन गरिएको Garden of Eden या हाम्रो नेपालको नवलपरासीको त्रिबेणीधाम भएकोले नै हो । Noha and the Great Flood भएको स्थाननै नुवाकोटको सेरोफेरो हो।त्यस कथामा बर्णित पात्र मनुको नामबाट मनास्लु भएको हो।तन्त्र बिधामा पोख्त सबै धार्र्मिक सम्प्रदायका धर्मगुरुहरुले यो सत्य तथ्यलाई देखिसकेका छन् र पुरातात्विक प्रमाणले पनि करिब करिब उक्त कुरालाई पुष्टि गरिसकेको छ।मेरो पुस्तक सत्यम्–शिवम्–सुन्दरम्मा स–बिस्तार उल्लेख गरेको छु।
जे होस्, यशुले बैदिक सनातन धर्मको दीक्षा लिएर वेदशास्त्रहरुको अध्ययन गरे।तत्कालीन नेपालको राजगिर,काशी (प्राचिन काशी कास्की),हरिद्धार (प्रचिन हरिद्धार बराहक्षेत्र),बोधगया,ऋषिकेश,अमरनाथ,जगन्नाथको यात्रापश्चात मुक्तिनाथ,पशुपति र ईनारेश्वर (दामन) मा पनि यशु पुगेका थिए।यही भ्रमणको क्रममा उनी तिब्बत सम्म पुगेको कुरा डा. नोटोविचले ४० वर्ष अध्ययन अनुसन्धान गरी लेखिएको पुस्तकThe unknown life of Jessusया मा पनि सबिस्तार खुलासा गरिएको छ।कृष्णको नीतिबाट प्रभावित भएर पश्चिममा यशुले सिकाएको कुरा Old Taestament लाई सर्बोपरी मान्ने यहुदीहरुको समूहलाई पटक्कै मन परेन र वहाँलाई क्रान्तिकारीको लाञ्छना लगाएर शुलीमा चढाएपछि मर्यो भनेर खाल्डोमा गाडेका थिए।तर योग बिद्या हासिल गरेका यशुले प्रणायामद्धारा आफूलाई ४ दिनसम्म जिबितै राख्न सफल भएका थिए।तुरुन्त वहाँका समर्थकहरुले उद्दार गरी नेपालतिर भगाएर ल्याए।सन् १९२९ मा प्रकाशित Mysterious life of Jessus या मा डा. स्पेन्सरले ठोकुवा गरेर भनेका छन् कि, यशुले आफ्नो जीवनको १३ देखि ३० बर्षसम्मको जीवन बैदिक शिक्षा हासिल गर्न सन्यासी भै जम्बुद्धिप नेपाल (आंशिक भारत) मा आएको र वहाँको मृत्यु शुलीमा नभै ६०–७० बर्षको आयु पूरा गरी योग बलद्धारा देहत्याग गरे।यसरी १८ वर्षको यशुको जीवनी थाहा नपाएर झोक्राएर लाल्टिन बालेर बसेका क्रिश्चियनहरुलाई यो भन्दा ठूलो प्राप्ति के हुन सक्छ र ?
जेन सम्प्रदाय : बैदिककालदेखि चलिआएको योग र ध्यानले जीवन पद्दति सिकाउँछ र ईश्वर प्राप्तिको सुमार्ग देखाउँदछ।अहिले संसार भरका मानिसहरु योग र ध्यानमा आकृष्ट छन्।गुरु गोरखानाथबाबाबाट सिकाइएको हठ योग नै अहिलेको प्रचलित सयौ योग शैलीहरुको मुलश्रोत हो।बौद्ध सम्प्रदायले पनि योग र ध्यानलाई प्रमुख आचरणको रुपमा लिएर बिपस्याना योग सिकाउँदै आएको छ।नेपालकी राजकुमारी भृकुटी (हरित तारा) ले यही ध्यानबिधी सिकाउदा चाइनीजहरुले पनि परम् आनन्दको अनुभूति गरे। तर भाषिक उच्चारणको कारणले गर्दा ध्यानलाई चाइनीजहरु झ्याङ भने।अहिले पनि चाइनीजहरुलाई ‘ध्यान’ भन्न लगाउनुभयो भने ‘झ्याङ’ भन्दछ।त्यसैगरी जापानीजहरुले युद्धको क्रममा चाइना आउँदा झ्याङको अभ्यास गरे,खुसी भए तर जापान पुग्दा झ्याङ शब्द ‘जेन’ भयो किनभने जापानीहरुले पनि झ्याङलाई राम्ररी उच्चारण गर्न जानेनन् र ‘जेन’ भन्न थाले।यसो हुँदा जेन कुनै धर्म नभै बैदिक संस्कारको एक अंग योग ध्यानको प्रमुख प्रचलन भन्ने बुझ्नुपर्छ।जेन सम्प्रदाय प्रमुख कार्य भनेको नै शुद्धिकरण र ध्यान नै हो।
यसरी संसारभरका प्रचलित सबै धार्मिक समुदायहरु प्रत्यक्ष या अप्रत्यक्षरुपमा हाम्रो बैदिक सनातन धर्मसँग पिताको साइनो गाँसिएको छ।जनाई लगाउने शाकाहारी धार्मिक समुदायलाई जैन धर्म भनिएको हो।सबै धार्मिक सम्प्रदायहरु ॐकार परिवार भित्रका सदस्यहरु हुन्।किनकी सबैले हाम्रो नेपालबाट प्रादुर्भाव भएको वैदिक सनातन धर्मका शिवलिंग,सूर्य,चन्द्रमा,त्रिशूल,शंख,स्वस्तिक चिन्ह बज्र,चमर,चक्र,पंखा,माछा आदि चिन्हहरु प्रयोग भएका छन्।तसर्थ, नेपाल सबै धर्म र धार्मिक समुदायहरुको फूलबारी र आश्रयस्थल हो।तत् तत् धर्मको मूलनीतिलाई अँगालेर बसे भने धार्मिक सहिष्णुतामा आँच आउँदै आउँदैन।मानबअधिकार कुल्चिने भ्रष्टहरुलाई गोरखे लौरी लगाउने बेला आएको छ।सिमित स्वार्थ परिपूर्तिका खातिर निर्दोष नेपाली जनताहरु बलीका बोका नबनून् ,नेपाल राष्ट्र कुनै एउटा धार्मिक सम्प्रदायको पेवा होइन।कसैको गिद्धे दृष्टि नपरोस् ।ताण्डव नृत्यले आफैलाई भष्म खरानी पार्छ भन्ने कुराको अक्कल होस्।सर्भे भवन्तु सुखीन भनी सबैको हित चाहने हामी नेपालीको मुल धर्म भनेको बैदिक सनातन धर्म हो। वैदिक सनातन धर्मको उद्गमस्थल नेपाल देवभूमि,स्वर्गभूमि,तपोभूमि,ऋषिमुनिहरुको देश,गोरक्ष राष्ट्र हो।पुनः तेत्रा युगको आगमनसँगै सत्गुरु गोरखनाथ शिव बाबाले वेद रक्षाको लागि र मानबधर्म पुनस्र्थापनको लागि नेपालमा पाइला टेकिसक्नुभएको कुरा सहर्ष अबगत गराउन चाहान्छौ।जुन ठाउँबाट बाबाले वेदलाई हावामा फ्याँक्नुभएको थियो,त्यसै स्थान ईनानेश्वर दामनमा अहिले आँखा खोल्नुभएको सद्गुरु गोरखनाथ शिव बाबाको विश्वको पहिलो मन्दिर बन्दैछ।तुशीतानेपालको भावार्थ बुझेर सुन्दर नेपालको परिकल्पना गर्नु हुने सबै नेपालीहरुमा पुजेर होइन,बुझेर ज्ञान प्राप्ति हुन्छ भन्ने कुराको ज्ञान होस्।परमज्योति तपाईहरुकै मन मन्दिरमा बलिरहेको छ, मात्र जगाउनुहोस्। ॐआदेश ।
– योगिराज
तुशिता–नेपाल (जीवनको पाठशाला)
प्रतिक्रिया