गायक रुडी शर्मा (रुद्र एस शर्मा) को देवदूत हौ तिमि नयाँ गीत सार्वजनिक

इनेप्लिज २०७८ साउन २२ गते २२:११ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका गायक रुडी शर्मा (रुद्र एस शर्मा)ले देवदूत हौ तिमि भन्ने बोलको गीत नयाँ गीत सार्वजनिक गरेका छन् । गायक शर्माले कोरोना महामारीमा जीवन गुमाएका र पिडितरुले गरेको संघर्षमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुले गरेको योगदान प्रति सांगीतिक कोशेली ल्याएका हुन् ।

गीत स्वयम् उनले गाएका छन् भने शब्द भूमिका उपाध्यायको रहेको छ भने संगीत नारायण सुबेदीको रहेको छ । निर्देशन निकेश खड्काले गरेका छन् भने क्यामरा (छायांकन )विक्रान्त श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया