राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा ३ वर्षे सम्झौतामा हस्ताक्षर

इनेप्लिज २०७८ कार्तिक १६ गते १०:२० मा प्रकाशित

काठमाडौं।नेपााली राष्ट्रिय फूटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्।

यो सम्झौतापछि अब उनी सन् २०२४ सम्म नेपाली राष्ट्रिय फूटबल टिमको मुख्य प्रशिक्षक रहनेछन्।१ नोभेम्बरबाट शुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहनेछ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अल्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए।तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फूटबल एशोसिएशनसँग छलफल गरेपछि मुख्य प्रशिक्षक अम्मुताइरी नेपाल फर्कन तयार भएका हुन्।

दशरथ रंगशालामा भएको कार्यक्रममा अल्मुताइरीले मिलेर फूटबल विकासमा काम गर्न चाहेको बताए।

प्रतिक्रिया