ए डिभिजन लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक

इनेप्लिज २०७८ मंसिर २८ गते ३:१७ मा प्रकाशित

काठमाडाै‌।अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ।चौथो चरणको खेल चलिरहँदा आज एन्फाले पाँचदेखि नवौं चरणसम्मको तालिका सार्वजनिक गरेको हो।

तालिका अनुसार पाँचौं चरणका खेलहरु पुस २ देखि ५ गतेसम्म हुनेछ।यता,छैटौं चरणका खेलहरु भ्ने पुस ९ देखि १२ गतेसम्म चल्नेछ।यस्तै सातौं चरणका खेलहरु पुस १६ देखि १९ गतेसम्म हुनेछ भने आठौं चरणका खेलहरु पुस २३ देखि २६ गतेसम्म हुने एन्फाले जनाएको छ।

नवौं चरणका खेलहरु पुस ३० देखि माघ ३ गतेसम्म हुनेछ।मनाङ मर्स्याङदी क्लबले पाँचौं,साताौं र आठौं चरणका खेलहरु पोखरा रंगशालामा खेल्नेछ भने बाकि खेलहरु दशरथ रंगशालामा हुने छन्।

प्रतिक्रिया